default_image

9 years ago

May 29, 2017

टेबल टेनिस विश्व च्याम्पियनसिपमा नेपालको खेल तय

225 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – जर्मनीको डस्सलडर्फ सहरमा आजबाट सुरु भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालका ४ खेलाडीको सहभागिता रहेको छ। नेपालका ४ जना खेलाडीले नै आज आफ्नो खेल खेल्दैछन्।

अमर लाल मल्ल, स्वेच्छा नेम्वाङ्ग, नविता श्रेष्ठ र शिव सुन्दर गोठे

सिङ्गलतर्फ नेपालका शीर्ष वरियताका खेलाडी शिवसुन्दर गोठे छनोट चरणको समूह ५५मा पुएर्टो रिकोका ड्यानीएल गोन्जालेज, बुल्गेरियाका टेओदोर एलेक्जान्ड्रोभ र आइभोरी कोष्टका यान इम्यानुएल कोउआड्जोसँग रहेका छन्।

यसैगरी राष्ट्रिय छनोटमा पहिलो स्थानमा रहँदै प्रतियोगिताको लागि छनोट भएका अमर मल्ल समूह ४३मा स्लोभाकियाका स्यामुएल नोभोटा र स्कटल्याण्डका क्रेज होवीसनसँग परेका छन्।

महिलातर्फको सिङ्गल्समा भने शिर्ष वरियताकि नविता श्रेष्ठ समूह २०मा स्विट्जरल्यान्डकि राहेल आस्वान्डेन र सिंगापुरकु वानलिङ झाङसँग रहेकी छिन्। यसैगरी अर्की प्रतिस्पर्धी स्वेच्छा नेम्वाङ्ग समूह २१मा इटालीकि डेबोरा भिभारेल्ली र फिनल्याण्डकि अन्निका लण्डस्टर्मसँग परेकी छिन्।

सिङ्गल्स अन्तर्गत समूह चरणमा सबै खेलाडीले एकआपसमा खेल्नेछन् र समूहको शीर्षस्थानमा रहने खेलाडीले अर्को चरणमा प्रवेश पाउनेछन्।

पहिलो दिनको खेलमा नेपालले मिक्स डबल्समा २ खेल खेल्दैछ। शिवसुन्दर गोठे र स्वेच्छा नेम्वाङ्गको जोडीले ट्रीनिडाड एण्ड टोबेगोका डेकस्टर सेन्ट लुइस र रेहान चुङको जोडीसँग खेल्दैछन्। अमर मल्ल र नविता श्रेष्ठको जोडीले भने बंगलादेशको महबुब बिल्लाह र मौमिता अलामको जोडीको सामना गर्दैछ। मिक्स डबल्सको खेलहरु५ सेटको हुनेछन् र यी सिधै नकाउट आधारमा हुनेछन्। यी दुवै खेल नेपाली समयानुसार दिउँसो २:१५ बजे हुनेछ।

महिला डबल्समा भने नेपालले पहिलो चरणमा बाइ पाएको छ। नेपालकी स्वेच्छा नेम्वाङ्ग र नविता श्रेष्ठले पहिलो चरणको खेल नखेल्दै बाइ पाएपछि दोश्रो चरणमा प्रवेश गरेका छन्।

पुरुषतर्फको डबल्समा भने नेपालका शिवसुन्दर गोठे र अमर मल्लले फिलिपिन्सका जाफेथ अदासा र शेर्विन रेमताको जोडीसँग खेल्दैछ। यो खेल नेपाली समयानुसार आज मध्यरातको १२:१५ बजे सुरु हुनेछ।

पुरुष सिङ्गल्समा नेपालका अमर मल्लले आज स्कटल्याण्डका क्रेज होवीसनसँग नेपाली समयानुसार साँझ ४ बजे खेल्दैछन् भने रातको ९ बजे उनले स्लोभाकियाका स्यामुएल नोभोटासँग खेल्नेछन्।

अर्का खेलाडी शिवसुन्दर गोठेले बुल्गेरियाका टेओदोर एलेक्जान्ड्रोभ र पुएर्टो रिकोका ड्यानीएल गोन्जालेजसँग खेल्नेछन्। उनको पहिलो खेल ४ बजे र दोश्रो खेल रातको ९ बजे हुनेछ।

महिलातर्फ भने नविता श्रेष्ठले सिंगापुरकि वानलिङ झाङसँग साँझ ५:३० बजे र स्विट्जरल्यान्डकि राहेल आस्वान्डेन सँग रातको १०:३० बजे खेल्नेछिन्।

यसैगरी अर्की प्रतिस्पर्धी स्वेच्छा नेम्वाङ्गले फिनल्याण्डकि अन्निका लण्डस्टर्मसँग साँझ ५:३० बजे र इटालीकि डेबोरा भिभारेल्लीसँग रातको १०:३० बजे खेल्नेछिन्।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.