काठमाडौं, फागुन १२
काठमाडौं जिल्ला ब्याडमिन्टन संघको आयोजनामा बिहिबारबाट डिजिकम स्कुल ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ८ जिल्लाका साथै एपिएफ स्कुलको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्डर–१२ र अन्डर–१४ को क्याटगोरीमा हुनेछ । सोही अवसरमा प्रतियोगिताको लागि काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपक थापा र हाइटेक इन्जिनियरिङका अध्यक्ष अरुण बन्छलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
तीन दिन सम्म चल्ने प्रतियोगिताकमो सबै खेल राष्ट्रिट खेलकुद परिषदको कवर्ड हलमा हुनेछ ।
काठमाडौं जिल्ला ब्याडमिन्टन संघले नेपाल खेलकुद पत्रकार मञ्चलाई प्रोजेक्टर हस्तान्तरण गरेका थिए ।