10 years ago
March 19, 2016
काठमाडौं, चैत ६
आयोजक कलेजले चौथो बर्नहार्ट कप अन्तर कलेज टबेल टेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टको उपाधि शनिवार जितेको छ ।
फाईनल खेलमा बर्नहार्टले सामाजिक कलेजलाई ३–२ को सेटमा स्तब्ध बनायो । महिला एकलको फाईनलमा निस्ट कलेजकी सुस्मिता सापकोटाले आफ्नै कलेजकी सृष्टि कुवँरलाई ११–९,११–३ र ११–२ ले पराजित गरिन् ।
पुरुष एकलको फाईनल खेलमा डियर वाक कलेजका अनिष ढकालले ट्रिनिटिका सुवर्श थापामाथी ८–११,१५–१३,८–११,१३–११ र ११–६ को रोमाञ्चक जित निकाले । पुरुष डबलमा बर्नहार्टका रोहित महर्जन र शुशिल महर्जनको जोडिले ट्रिनिटिका सुवर्श थापा र मौसम श्रेष्ठको जोडिलाई ८–११,११–८,१७–१५ र ११–२ ले हराउदै स्वर्ण जिते ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]