default_image

7 years ago

May 19, 2019

बिडब्लुएफ सुदिरमान कप: नेपालको कमजोर सुरुवात

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चीनको नानिङ शहरमा शुरु भएको टोटल बिडब्लुएफ सुदिरमान कप–२०१९ मा नेपालले कमजोर सुरुवात गरेको छ ।

टोटल बिडब्लुएफ सुदिरमान कप–२०१९ मा डेब्यु खेल खेलिरहेको नेपाल पहिलो खेलमा आयरल्यान्डसँग ५–० ले पराजित भएसंगै कमजोर सुरुवात गरेको हो ।

मिक्स डबल्स्मा दिपश धामी र अमिता गिरीको जोडी चोले मागी र साम मागीको जोडीसँग २१–६ र २१–४ ले पराजित भयो । पुरुष एकलमा नेपाल नम्वर वान रत्नजित तामाङ नाथ न्युहेनसँग २१–१२ र २१–१४ को सेटमा पराजित हुदा महिला एकलमा नङ्सलदेवी तामाङ काटे फ्रस्टसँग २१–१९ र २१–९ ले पराजित हुन पुग्यो ।

पुरुष डबल्स्मा रत्न र दिपेशको जोडी साम मागे र नाथ न्युहेनको जोडीसँग २१–१६ र २१–१६ ले पराजित भयो । महिला डबल्स्मा नङ्सदेवी तामाङ र अमिता गिरीको जोडी रचेल डराग र काटे फ्रस्टको जोडीसँग २१–२ र २१–५ को सोझो सेटमा पराजित भयो ।

शीर्ष वरीयताका रत्नजित तामाङले यति ठुलो स्टेजमा खेल्न पाउनु नै ठुलो कुरा रहेको बताए । उनले यस्ता ठुला प्रतियोगिताले अनुभव बढ्दै जाने र आगमी दिनमा राम्रो खेल्न हौसला मिल्ने बताए । यस्तै दोस्रो वरीयताका दिपेश धामीले यो प्रतियोगिता नेपालको लागि पहिलो रहेकाले यहाँबाट धेरै कुराहरु सिकेर जाने बताएका छन् ।

नेपालले अब मंगलबार न्युजिल्यान्डसँग तथा बुधबार अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगिताका लागि चार खेलाडी र दुई अफिसियलसहितको ६ सदस्यीय नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको थियो ।

नेपाली टोलीले मिक्स टिम च्याम्पियनसिप अन्तरगतको ५ विधामा प्रतिस्पर्धा गर्नेछ । जसमा पुरुष एकल, महिला एकल, पुरुष डबल्स्, महिला डबल्स् र मिक्स डबल्स् रहेका छन् ।

एक राष्ट्रले पाँचै विधामा प्रतिस्पर्धा गर्नुपर्नेछ । पाँच मध्ये ३ विधामा खेलमा जित हात पारे टोली च्याम्पियन बन्नेछ ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.