एजेन्सी – दोस्रो र तेस्रो वरीयताका स्पेनिस राफयल नाडाल र स्वीडिस रोजर फेडेरर फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पेरिसमा आइतबार राति भएको खेलमा दोस्रो वरीयताका नाडालले अर्जेन्टिनाका लोन्डेरोलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भएको हो । नाडालले जुवान लोन्डेरोमाथि ६–२, ६–३ र ६–३ को सहज जित निकाल्यो ।
आइतबार राति नै भएको तेस्रो वरीयताका फेडेररले अर्जेन्टिनी मेयरमाथि ६–२, ६–३ र ६–३ को सहज जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भयो ।
यता, स्वडिस स्टेन वारिन्काले सिट्सीपासमाथि ३–२ को कठिन जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको खेलमा वारिन्काले ७–६, ५–७, ६–४, ३–६ र ८–६ को संघर्षपुर्ण जित निकाल्यो ।
महिलातर्फ बेलायती जोहान कोन्टाले डोना भेकिकलाई ६–२ र ६–४ को सोझो सेटमा पराजित गर्दै पहिलोपटक फ्रेन्च ओपनको क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।
अन्यमा अमेरिकी स्टेफेन्स, मार्टिक र भोन्ड्रोसोभाले अन्तिम आठमा स्थान बनाउन सफल भइन् ।