default_image

6 years ago

June 9, 2019

नाडाल १२औं पटक फ्रेन्च ओपन च्याम्पियन

178 views

0 Bookmark

एजेन्सी – दोस्रो वरीयताका स्पेनिस राफायल नाडाल १२औं पटक फ्रेन्च ओपन च्याम्पियन बनेका छन् ।

१२औं पटक फ्रेन्च ओपन च्याम्पियन बन्ने क्रममा नाडालले चौथो वरीयताका अष्ट्रेलियन डोमिनिक थेइमलाई ३–१ को सेटमा पराजित गरेको हो । नाडालले गत वर्षपनि डोमिनिकलाई नै पराजित गर्दै फ्रेन्च ओपन जितेको थियो ।

रोलान्ड गारोस कोर्ट पेरिसमा आइतबार भएको खेलमा नाडालले पहिलो सेट ६–३ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट नाडालले ५–७ ले गुमाएको थियो । तर, त्यसपछिको दुवै सेट नाडालले ६–१ र ६–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

३३ वर्षीय नाडाल एकै ग्रान्डस्लाम १२औं पटक जित्ने पहिलो खेलाडी बने । क्ले कोर्टका बादशाह नाडालको यो समग्रमा १८औं ग्रान्डस्लाम उपाधि हो । नाडाल अब स्वीस रोजर फेडेररभन्दा २ ग्रान्डस्लाम उपाधिबाट टाढा छ ।

च्याम्पियन बनेसँगै नाडालले आफुले पाएको सफलता सोच्न नसकेको र यो सपना जस्तै लागेको बताएका छन् । ‘सन् २००५ मा पहिलोपटक खेले । २०१९ मा पनि यही खेलिरहेको छु । यो अविश्वसनीय पल र मेरो लागि विशेष क्षण बनेको छ ।’ नाडालले भने ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.