6 years ago
September 4, 2019
एजेन्सी – पाँचपटकको च्याम्पियन तथा तेस्रो वरीयताका स्वीस रोजर फेडेरर युएस ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।

बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा फेडेरर बुल्गेरियाका ७८औं वरीयताका ग्रिगर दिमित्रोभसँग ३–२ को सेटमा पराजित हुदै क्वाटरफाइनलबाटै बाहिरिएको हो ।
न्युयोर्कस्थित सेन्ट्रल कोर्टमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा फेडेररले पहिलो सेटमा ६–३ को सहज जित निकालेको थियो । दोस्रो सेट ४–६ ले गुमाएको फेडेररले त्यसपछिको सेट पुनः ६–३ ले आफ्नो पक्षमा पार्दै खेलमा २–१ को सेटमा अग्रता बनाएको थियो । त्यसपछिको दुवै सेट ३८ वर्षीय फेडेररले ४–६ र २–६ ले गुमाउदै प्रतियोगिताबाट बाहिरियो ।

फेडेररलाई पराजित गरेपछि दिमित्रोभले आजको खेलमा फेडेरर आफ्नो स्थानमा सर्वश्रेष्ठ नरहेको र मैले हरेक अवसरको प्रयोग गर्दा जित निकाल्न सकिएको बताए । दिमित्रोभसँग पराजित भएपछि २० पटकको ग्रान्डस्लाम च्याम्पियन फेडेररले राम्रै खेलेपनि कमजोर खेलेको जस्तो महसुस भएको बताएका छन् ।
अब दिमित्रोभले सेमिफाइनलमा पाँचौ वरीयताका रसियन ड्यानिल मेडभेडेवसँग खेल्नेछ । मेडभेडेभले स्वीस वावारिन्कामाथि ३–१ को जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
क्वाटरफाइनलमा आज राति दोस्रो वरीयताका स्पेनिस राफायल नाडालले अर्जेन्टिनाका डिएगोसँग खेल्नेछ ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]