6 years ago
September 7, 2019
एजेन्सी – दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । न्ययोर्कस्थित फ्लुसिङ मिडोजमा शनिबार बिहान भएको खेलमा नाडालले इटालीका २४औं वरीयताका माटियो बेरेटिनीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पाँचौपटक युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका हुन् ।
शुरुको सेटमा निकै कडा प्रतिस्पर्धा गर्नु परेपनि नाडालले त्यसपछिको दुवै सेटमा खासै मिहनेत गर्नुपरेन । पहिलो सेटमा नाडाल ७–६ (८–६) ले विजयी हुन सफल भएको थियो । दोस्रो सेट ६–४ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेटमा नाडाल ६–१ ले विजयी हुन सफल भयो ।
१८ पटककोे ग्रान्डस्लाम विजेता नाडालले अब उपाधिका लागि पाँचौ वरीयताका रसियाका ड्यानियल मेडेलेभसँग खेल्नेछ । २३ वर्षीय मेडेलेभले बुल्गेरियाका ७८औ वरीयताका ग्रिगर दिमित्रोभलाई ७–६, ६–४ र ६–३ को सोझो सेटमा जित निकाल्दै पहिलोपटक ग्रान्डस्लामको फाइनलमा स्थान बनाएको हो ।
जितसँगै नाडालले शुरुको सेटमा आफ्नै गल्तीमा केही कठिन भएपनि जितमा खुशी रहेको बताए । उनले मेडेलेभसँगको फाइनल उत्कृष्ट हुने आफ्नो उत्कृष्ट दिने बताएका छन् ।
महिलातर्फ अमेरिकी सेरेना विलियम्स र क्यानडाकी वियान्का एन्डे«स्कुबीच प्रतिस्पर्धा हुनेछ । सेरेनाले युक्रेनी स्भेटोलिनालाई ६–३ र ६–१ को सोझो सेटमा तथा वियान्काले बेलिन्डा बेन्सिसलाई ७–६ र र ७–५ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]