6 years ago
September 17, 2019
बुटवल (हाम्रो खेलकुद) – नौलिन स्पोर्टस् भिल्लाको आयोजनामा काठमाण्डौमा सन्चालन हुने दोस्रो नौलिन जेटिआइ जुनियर लन टेनिस प्रतीयोगीतामा भाग लिने खेलाडीको विदाई गरिएको छ ।
बुटवलमा ६ खेलाडी र प्रशिक्षक गरि ७ जनाको विदाई गरिएको हो । ८ देखी १२ बर्षसम्मका खेलाडीबीचको प्रतिस्पर्धामा सहभागिता जनाउन रुपन्देहीबाट निश्चल ज्ञवाली,योगेश ज्ञवाली, दिपेश ज्ञवाली, शाहिल थापा,रोहीत रानाभाट,बृजेश अर्याल र प्रशिक्षक विकास खड्का छन् ।
बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल ओलम्पिक कमिटीका सदस्य दिर्घबहादुर केसी (कुमार ), लन टेनिस सघं रुपन्देहीका उपाध्यक्ष मनोज बस्नेत,अर्जुन गुरुङ,सन्जय श्रेष्ठ लगायतले विदाई गरे । बालकृष्ण अर्यालले सन्चालन गरेको कार्यक्रममा मुख्य अतिथि केसीले खेलाडीहरुलाइ जितको लागि शुभकामना दिए ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]