6 years ago
May 30, 2020
एजेन्सी – फुटबलका लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लन टेनिसका रोजर फेडेरर फोर्ब्सको सुचीमा सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् ।

बार्सिलोनाका कप्तान मेस्सीले शीर्षस्थान गुमाएका हुन् । फोर्ब्स म्यागजिनको पछिल्लो अपडेटअनुसार लन टेनिसकै राफयल नाडाल पहिलोपटक यो सुचीमा अटाउँदा स्पेनकै आन्द्रेस इनिष्टा, डेभिड डे हेया र सर्जियो रामोस पनि शीर्ष १०० भित्र अटाएका छन् ।
पछिल्लो तथ्यांक अनुसार सर्वाधिक आम्दानी गर्नेको सुचीमा शीर्षस्थानमा उक्लिएका स्वीस टेनिस स्टार फेडेररको आम्दानी १०६.३ मिलियन डलर छ । फेडेररले अधिकांश आम्दानी प्रायोजकबाट हात पारेका हुन् । उनीसँग १३ वटा विभिन्न ब्राण्डहरु प्रायोजकका रुपमा रहेका छन् । यस्तै फेडेरर सक्रिय खेलाडी हुँदै एकै वर्षमा १ सय मिलियन डलर प्रायोजकबाट कमाउने दोस्रो खेलाडी बनेका छन् । यसअघि गल्फका खेलाडी टाइगर उड्सले यो उपलब्धि हासिल गरेका थिए ।

दोस्रो स्थानमा रहेका पोर्चुगल तथा इटालियन फरवार्ड युभेन्टसका फरवार्ड रोनाल्डोको १०५ मिलियन डलर आम्दानी रहेको छ । कोरोनाका कारण युभेन्टसबाट आउने तीन दशमलव पाँच मिलियन डलर कटौती गर्न राजि भएका रोनाल्डोको प्रायोजक र इन्टाग्रामबाट नै राम्रो आम्दानी गर्छन ।
तेस्रो स्थानमा झरेको अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको १०४ मिलियन डलर रहेको छ । उनीसँग पनि विश्वविख्यात कम्पनीहरु प्रायोजकका रुपमा रहेका छन् । बार्सिलोनाका कप्तान मेस्सीले औसतमा एक साताको सबै कर कटाएर झन्डै दुई मिलियन डलर कमाउँछन ।

ब्राजिली फुटबलर नेयमार ९५.५ मिलियन डलरसहित चौथो स्थानमा रहेको छ । नेयमारसँग पनि विभिन्न प्रायोजक जोडिएका छन् । उनले इन्स्टाग्राम पोष्टबाट मात्र बर्षमा ३३ मिलियन पाउण्ड कमाउछन् । बास्केटबलका लेब्रन जेम्स ८८.२, बास्केटबलकै स्टेफन करीको ६३.९, बास्केटबलका केभिन डुरान्ट ६३.३, गल्फका टाइगर वुड्सको ६२.३, एनएफएलका कर्क कजीन्सको ६०.५ र एनएफएलकै कार्सन वेन्ट्ज ५९.१ मिलियन डलर आम्दानी गर्दै क्रमशः शीर्ष १० भित्र अटाएका छन् ।

बक्सिङका टाइसन फ्युरी ५७ मिलियन डलर आम्दानी गर्दै ११औं स्थानमा रहँदा फर्मुला वानका लेविस ह्यामिल्टन ५४ मिलियन डलरसहित १३औं स्थानमा रहेका छन् । टेनिसका नोभाक जोकोभिच ४४.६ मिलियन डलरसहित २३औं तथा पहिलोपटक फोर्ब्सको सुचीमा अटाएका स्पेनका टेनिस स्टार राफयल नाडाल ४० मिलियन डलरसहित २७औं स्थानमा रहेका छन् ।
जापानी टेनिस स्टार नाओमी ओसाका ३७.४ मिलियन डलरसहित सुचीमा २९औं स्थानमा रहँदा अमेरिकी टेनिस स्टार सेरेना विलियम्स ३६ मिलियन आम्दानीसहित ३३औं स्थानमा रहेकी छिन् । ओसाकाले एकै वर्षमा सर्वाधिक कमाउने महिला खेलाडीको कीर्तिमान पनि कायम गरेकी छिन् ।
फुटबलका मोहम्मद सलाह ३५.१ मिलियन डलर आम्दानीसहित ३४औं स्थानमा छन् । फुटबलका फ्रेन्च स्टार केलियन एमबाप्पे ३३.८ मिलियन डलरसहित ३६औं स्थानमा छन् ।

जापानको जे लिग खेलिरहेका स्पेनिस फुटबलका लेजेन्ड आन्द्रेस इनिष्टा २९.६ मिलियन डलरसहित फोर्ब्सको सुचीमा ४६औं स्थानमा छन् । इनिष्टा हाल छन् । २८.७ मिलियन डलरसहित फुटबलका मेसुट ओजिल ४९औं स्थानमा, फुटबलकै पउल पोग्वा २८.५ मिलियन डलरसहित ५१औं स्थानमा रहेका छन् । ब्राजिली ओस्कार २७.५ मिलियन डलरसहित ५६औं स्थानमा छन् ।
स्पेनी टोलीमा २५.७ मिलियन डलरसहित डे हेया ६७औं स्थानमा रहँदा २१.८ मिलियन डलरसहित रामोस शीर्ष १०० मा अटाएका छन् । यस्तै भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पनि शीर्ष १ सय खेलाडीको सुचिमा पर्ने एकमात्र क्रिकेटर बनेका छन् ।

December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]