5 years ago
June 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्पेन कोस्टाब्लान्का समाजले एपिएफ क्लबका पूर्व खेलाडी तथा महिला टिमका प्रशिक्षक नर कुमार राईको छोरीको उपचारका आर्थिक सहयोग गरेको छ ।

कोस्टाब्लान्का समाजका अगुवा तथा एथलेटिक्सका पुर्व राष्ट्रिय खेलाडी अक्कल बहादुर बोहोराको पहलमा संकलन भएको ४० हजार रुपैयाँ नेपाल खेलकुद पत्रकार मञ्च मार्फत बुधवार हस्तान्तरण गरिएको हो । मञ्चका अध्यक्ष देबेन्द्र सुवेदीले प्रशिक्षक राईलाई बुधबार रकम हस्तान्तर गरे ।
राईकी ११ वर्षिया छोरी कसुमी ब्लड क्यान्सर बाट पीडित छन् । उनको हाल महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उचार भइरहेको छ।एपिएफका पूर्व धावक बोहोराले यसअघि पनि समस्यामा परेका नेपालीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् ।
राईलाई सहयोग गर्नेमा कोस्टाब्लान्का समाजका सदस्यहरु बोहोरा अलावा बद्रि कोइराला, सुरज बानियाँ, सुवास सापकोटा, बिपिन बुढाथोकी, शिव नेपाल, दिनेश सापकोटा, नवराज दुवाडी, सन्तोष अर्याल, एकबहादुर भट्ट, प्रकाश तिवारी छन् ।
प्रशिक्षक राईले सहयोग गर्ने नेपाल स्पेन कोस्टाब्लान्का समाजलाई धन्यवाद दिए । छोरीको उपचार १४ लाख रुपैंया खर्च भइसकेको जानकारी दिदै राईले पुर्ण रुपमा ठिक गर्न अझै रकम अभाव भएको बताए । उनले आर्थिक अवस्था कमजोर रहेको कारण छोरीको उपचारमा सहयोग गर्न सबैलाई अपिल पनि गरेका छन् ।
राई २०६२ साल देखी २०६८ सालसम्म एपिएफबाट खेलेका थिए । खेलाडी जीवनमा सक्रिय रहँदा नै उनले २०६४ सालबाट एपिएफको महिला टिमको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । २०७३ साल खेल जीवनबाट विश्राम लिदा सम्म उनले महिला फुटबलको जिम्मेवारी सम्हाले ।
अहिले महिला राष्ट्रिय टोलीका चर्चित खेलाडी सावित्रा भण्डारी, अनिता बस्नेत, रेणुका नगरकोटी, मनमाया लिम्बू, अनिता केसी, मञ्जली योञ्जन, एञ्जिला तुम्बापो उनकै प्रशिक्षणमा हुन् । एपिएफ छाडेपछि राई वैदेशिक रोजगारीका लागि बहराईन गएका थिए । राई त्यहि रहँदा छोरीलाई क्यान्सर भएपछि उनी स्वेदश फर्केका थिए ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]