9 years ago
September 1, 2016
अखिल नेपाल लनटेनिस संघको आयोजनामा नेपाली लनटेनिसकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ ।
एएनएलटीए एसियाली जुनियर र्याङकिङ टुर यु–१४ सर्किट १/२ अन्तर्गत सर्किट– १ सेप्टेम्बर ५ देखि ९ तारिखसम्म हुनेछ भने सर्किट– २ सेप्टेम्बर १२ देखि १६ तारिखसम्म हुनेछ ।
प्रतियोगितामा नेपालसहित हङकङ, श्रीलंका र भारत गरी ४ राष्ट्रको सहभागिता रहने लनटेनिस संघका सदस्य समेत रहेका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी जनाएका छन् । दुवै सर्किटमा समान ३२–३२ ब्वाइज र गल्र्सले प्रतिस्पर्धा गर्नेछन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
सातदोबाटोमा रहेको ६ वटा कोर्ट मध्ये ४ मा प्रतियोगिता खेलाइने छ । बाँकी २ कोर्टलाई खेलाडीको प्राक्टिसका लागि प्रयोग गरिने छ । करिब ३ वर्षअघि सातदोबाटोमा थप २ नयाँ कोर्ट तयार भएपछि लनटेनिस संघलाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने बाटो खुलेको हो । त्यसअघि सातदोबाटोमा ४ कोर्ट मात्र थिए । अन्तर्राष्ट्रिय प्रावधान अनुसार अन्तर्राष्ट्रिय प्रतियोगता आयोजना गर्न एकै परिसरमा कम्तिमा ६ कोर्ट हुनु अनिवार्य छ ।
प्रतियोगता सञ्चालन गर्न एटीएफका ह्वाइट ब्याज श्रेणिका प्राविधिक प्रवीणकुमार नायक बुधबारै नेपाल आइसकेका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।
टुर्नामेन्ट डाइरेक्टर विष्टले नेपालमै अन्तर्राष्ट्रिय टेनिस हुने भएकाले बढी भन्दा बढी नेपाली खेलाडीले स्वदेशमै अन्तर्राष्ट्रिय एक्सपोजर पाउने भएकाले प्रतियोगिता महत्वपूर्ण भएको बताए ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]