default_image

9 years ago

October 26, 2016

विद्यालयबाट ब्याटमिटन खेलाडी उत्पादन गरीने

248 views

0 Bookmark

दिपक बोहोरा  (पाँचथर)

विद्यालय ब्याडमिन्टनका खेलाडी उत्पादनको गर्ने गरी पाँचथरमा कार्यकम सुरु गरीएको छ । सानो उमेर देखिनै सिपयुक्त दक्ष खेलाडी उत्पादन गर्ने गरि योजना अघि बढाइएको छ । विद्यालयका शिक्षकहरुलाई तालिम दिए खेलाडी उत्पादन गर्ने कार्यक्रम अघि सारीएको छ ।
सदरमुकाम फिदिममा पाँचथर र ताप्लेजुङ दश विद्यालयका शिक्षकलाई व्याडमिन्टन सम्बन्धि तालिम दिइएको छ । ‘सटल टाइम प्रोग्राम’ अन्तर्गत दुई जिल्लाका २० जना शिक्षकलाई तालिम दिइएको हो । विश्व व्याडमिन्टन महासंघ, अस्ट्रेलियाको व्याडमिन्टन महासंघ, व्याडमिन्टन एसिया, स्पोर्ट म्याटरको सहयोगमा नेपाल व्याडमिन्टन एसोसिएसनले पाँचथर व्याडमिन्टन महासंघमार्फत यो तालिम सञ्चालन गरेको हो ।

badminton

देशभरीवाट २० हजार खेलाडी उत्पादन हुने गरी यो कार्यक्रम अघि सारीएको छ । फिदिममा सञ्चालन भएको तालिममा पाँचथरका ६ विद्यालय र ताप्लेजुङका ४ विद्यालयका शिक्षक शिक्षिका सहभागि भएको पाँचथर व्याडमिन्टन संघका महासचिव वरुण तुम्बापोले बताए । एक विद्यालयका दुई शिक्षक सहभागि गराइएको थियो । शिक्षकहरुलाई हरि तामाङले प्रशिक्षण दिएका थिए । प्राथमिक तहका विद्यार्थीहरुका वेस बसाउने कार्यक्रमको लक्ष छ । ६ देखि १२ बर्ष उमेर समुहका विद्यार्थीलाई खेलाडीको रुपममा उत्पादन गर्ने लक्ष रहेको छ ।
तालिम लिएका शिक्षकहरुले विद्यालयमा गएर प्रशिक्षण दिने छन् । एक शिक्षकले २० जनाविद्यार्थी उत्पादन गर्नु पर्ने छ तुम्बापोले बताए । वालमैत्रि तरीवाट विद्यार्थीलाई व्याडमिन्टन सिकाईने बताइएको छ । कसरी खेलाउने, कसरी सिकाउने, कोडको जानकारी लगायतका आधारभुक्त विषय सिकाइएको बताइएको छ । पाँचथरका मेची इङ्लिस स्कुल, विद्यावरदान, फिदिम मावि, वाल किरण, गडी मावि र कालिका माविका विद्यार्थीलाई व्याडमिन्टनको सिप दिलाईने छ । यस्तै ताप्लेजुङका लड वुद्ध एकेडेमी, मेची स्पान म्यारीज, सिदार्थ एकेडेमी, वुद्ध एकेडेमीका शिक्षक–शिक्षिका सहभागि थिए ।

दश विद्यालयका लागि समाग्रि समेत प्रदान गरिएको छ । तुम्बापोका अनुसार ब्याड, ब्याडमिन्टन नेट, कक, टिर्सट, सहयोगि पुस्तीका प्रदान गरिएको छ । जिल्लामा ब्याडमिन्टनको क्रेज बढेर गएको छ । सदरमुकाम बाहिरका विद्यालयमा पनि आगामि दिनमा पनि यस्तो सिप प्रदान गरीने पाँचथर व्याडमिन्टन संघका अध्यक्ष उपेन्द्र लावतीले बताए ।

उद्घाटन समारोहमा बोल्दै नेपाल ब्याडमिन्टन एसोसिएसन केन्द्रीय सदस्य चक्र थाम्सुहाङले यो कार्यक्रमले गुणस्तरीय खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । विद्यालय तहसम्म व्याडमिन्टनको सिप गुणस्तरीय खेलाडी उत्पादनमा टेवा पुग्ने उनको भनाई थियो ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.