4 years ago
October 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश खेलकुद बिकास परिषद्ले आयोजना गरेको ब्याडमिन्टनको २ दिने राष्ट्रिय स्तरको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रेफ्री तथा प्रशिक्षक तालिम कार्यक्रम राख्ने प्रदेश खेलकुद विकास परिषद्को कार्यक्रम अन्तर्गत नेपाल ब्याडमिन्टन संघको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।
प्रशिक्षण कार्यक्रममा प्रदेशका १३ वटै जिल्ला बाट सहभागी मध्ये २६ जनाले प्रशिक्षण तालिम उत्तीर्ण गरेको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जन, मेघराज कठायत र किरण थापाले प्रशिक्षण दिएका थिए । ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रमलाई प्रदेश खेलकुद बिकास परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीले सम्बोधन गरेका थिए ।
प्रशिक्षणमा सहभागी सबैलाई आआफ्नो जिल्लामा गएर स्थानिय तह र जिल्ला खेलकुद बिकास समिति संग समन्वय गरि नियमित प्रशिक्षण संचालन गर्न आग्रह गर्दै सदस्य सचिव भण्डारीले उत्कृष्टहरु मध्ये बाट प्रदेशले आगामी दिनमा आवश्यक हुने प्रशिक्षकको पदपूर्तिमा समेत प्राथमिकता दिन सकिने जनाए ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]