default_image

4 years ago

January 28, 2020

रुपन्देही लन टेनिस संघको अध्यक्षमा श्रेष्ठ

बुटवल (हाम्रो खेलकुद) – सञ्जय श्रेष्ठ रुपन्देही लन टेनिस संघको अध्यक्षमा निर्वाचित भएका छन् । जिल्ला संघको मंगलबार बसेको साधारण सभाले कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा मनोज वस्नेत, सचिवमा गोपाल ज्ञवाली र कोषाध्यक्षमा अनिल सेन्चुरी निर्वाचित भए । अवदुल सहमद मियां,सबर मियां, राम बहादुर विक र भिष्म काउचा सदस्यमा निर्विरोध चुनिए । […]

41 views

0 Bookmark

बुटवल (हाम्रो खेलकुद) – सञ्जय श्रेष्ठ रुपन्देही लन टेनिस संघको अध्यक्षमा निर्वाचित भएका छन् । जिल्ला संघको मंगलबार बसेको साधारण सभाले कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा मनोज वस्नेत, सचिवमा गोपाल ज्ञवाली र कोषाध्यक्षमा अनिल सेन्चुरी निर्वाचित भए ।

अवदुल सहमद मियां,सबर मियां, राम बहादुर विक र भिष्म काउचा सदस्यमा निर्विरोध चुनिए ।
लन टेनिस संघका केन्द्रिय महासचिव मनोहरदास मनुले बुटवलमा लन टेनिसका लागि पुर्वाधार उत्कृष्ट रहेको बताउँदैँ नयाँ खेलाडी उत्पादनमा केन्द्रित हुन जोड दिए ।

उनले बुटवलमा ६ वटा लन टेनिसका कोर्ट बनाएपछि अन्तराष्ट्रिय प्रतियोगिता गर्न पाईने भएकाले त्यसतर्फ ध्यान दिन नेतृत्वलाई आग्रह गरे । महासचिव मनुले विद्यालय तहवाट टेनिस खेललाई प्राथमिकतामा राखेर खेलाडी उत्पादन गर्नु पर्नेमा जोड दिए ।

संघका सल्लाहकार तथा नेपाल ओलम्पिक कमिटीका सदस्य दीर्घ बहादुर केसी कुमारले लन टेनिस खेलको लागि पुर्वाधार विकास भएको तर खेलाडी उत्पादनमा हुन नसकेको भन्दैै खेलाडी उत्पानमा ध्यान दिन सुझाव दिए ।

बुटवल उपमहानगर नगर खेलकुद विकास समितिका संयोजक नन्दु काउचाले नगरमा संचालित सबै खेलकुदका संघ संस्थालाई नगर समितिमा आवद्ध हुन आह्वान गरे ।

निर्वतमान अध्यक्ष अशोक गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेपाल जेसीसका पुर्व अध्यक्ष अनुपमान सैजु, देव सिद्ध समाज सुधार समितिका पुर्णानन्द गिरी संघका प्रेस सल्लाहकार दीपक न्यौपाने ,उपाध्यक्ष मनोज बस्नेत ,सचिव गोपाल ज्ञवाली लगायतले सफलताको शुभकामना दिएका थिए ।

Success

Thank you for your time.