default_image

4 years ago

January 30, 2020

अष्ट्रेलियन टेनिस खेलाडीको नेपालमा मृत्यु

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन आएका अष्ट्रेलियाका १५ वर्षीय टेनिस खेलाडी केन्ट यामजाकीको मृत्यु भएको छ । सातदोबाटोस्थित नेपाल टेनिस संघको केन्द्रिय कार्यालय परिसरमा रहेको टेनिस कोर्टमा बुधबार प्रशिक्षणका क्रममै कोर्टमा लडेपछि टाउकोमा चोट लागेको थियो । लडेपछि होस गुमाएका उनलाई उनलाई नजिकै रहेको बी एण्ड बी अस्पताल […]

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन आएका अष्ट्रेलियाका १५ वर्षीय टेनिस खेलाडी केन्ट यामजाकीको मृत्यु भएको छ ।

सातदोबाटोस्थित नेपाल टेनिस संघको केन्द्रिय कार्यालय परिसरमा रहेको टेनिस कोर्टमा बुधबार प्रशिक्षणका क्रममै कोर्टमा लडेपछि टाउकोमा चोट लागेको थियो । लडेपछि होस गुमाएका उनलाई उनलाई नजिकै रहेको बी एण्ड बी अस्पताल पुर्याएपनि डाक्टरले झन्डै डेढ घन्टाको प्रयासपछि मृत घोषित गरेका थिए । उनको निधनको कारण भने अझैसम्म थाहा हुन सकेको छैन ।

विश्व जुनियर वरीयतामा २३५४ औं स्थानमा रहेका उनले अर्को साता सुरु हुने आईटीएफ जुनियार्स टेनिस अन्तर्गत जे५ प्रतियोगितामा सहभागिता जनाउने तयारी गर्दै थिए । अष्ट्रेलियाको पर्थमा बसोबास गर्ने केन्ट प्रान्त स्तरका राम्रा खेलाडीमा गनिन्थे । उनले आफ्नो प्रान्तको प्रतिनिधित्व गर्दै थुप्रै राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउने गरेका थिए ।

केन्टले गत महिना मात्र अष्ट्रेलियन स्कुल टेनिस च्यालेन्जको उपाधि जितेका थिए । उनी एप्पलक्रस सिनियर हाइस्कुल टिमको प्रतिनिधित्व गरिरहेका थिए । सानो उमेरमा नै निकै प्रतिभावान उनलाई वेस्टर्न अष्ट्रेलियाको टेनिस संघले निकै सम्भावना बोकेको खेलाडीको रुपमा हेरेको उल्लेख गरेको छ ।

नेपाल टेनिस संघका महासचिव मनोहर मुल्मीले अभ्यासका अचानक कोर्टमा ढलेपछि अभ्यासका लागि आएका अन्य खेलाडीका अभिभावकले थप उपचारका लागि बि एन्ड बी अस्पताल पुर्याइएको जानकारी दिए । ‘खेलाडी ढल्ने वित्तिकै अन्य खेलाडीका अभिभावकले गाडीमा राखेर अस्पताल लान खोज्दा मृतक खेलाडीका पिताले एम्बुलेसनकै कुरौ भन्नुभएछ,’  महासचिव मुल्मीले भने, ‘त्यसले गर्दा १०-१५ मिनेट ढिला हुन पुगेछ । पछि त्यहीं उपलब्ध गाडीमा राखेर अस्पताल पुर्याइएको थियो । एक-डेढ घन्टाको प्रयास असफल रह्यो । र पछि मृत घोषित गरियो ।’

यहि विषयमा बिहीबार संघको बैठक बसेको मुल्मीले जानकारी दिए । ‘हामीले अष्ट्रेलियन दुतावास देखि आइटिएफलगायत अन्य सम्बन्धित सबै निकायमा जानकारी गराइसकेका छौं’, महासचिव मुल्मीले भने, ‘हामी सबै खाले सहयोग गर्न तयार छौं । आफ्ना नागरिकका विषयमा अष्ट्रेलियन दुतावासले नै सबै हेर्ने रहेछ ।’

Success

Thank you for your time.