default_image

3 years ago

September 28, 2022

राष्ट्रिय खेलकुदमा भाग लिन गौरिका दुई सातापछि आउने

385 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– झण्डै तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कीर्तिमानी पदक विजेता पौडी खेलाडी गौरिका सिंह नवौं राष्ट्रिय खेलकुदमा भाग लिन दुई सातापछि स्वदेश आउने भएकी छिन् ।

अमेरिकाको बोस्टनस्थित टफ्ट्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत गौरिका असोज २७ गते नेपाल आइपुग्ने बेलायत बस्दै आएका उनका बाबु पारस सिंहले जानकारी दिएका छन् ।

‘गौरिका असोज २७ मा काठमाडौं आउने र नवौंका लागि पोखरा जाने योजना छ । हामी असोज २४ मै नेपाल पुग्नेछौं,’ सिंहले भने,‘ अध्ययनका कारण नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गरे लगत्तै अमेरिका फर्कनुपर्नेछ ।’ गौरिकाले त्रिभुवन आर्मी क्लबबाट नवौं राष्ट्रिय खेलकुद खेल्नेछिन् ।’

नवौं असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा हुनेछ । पौडीको प्रतिस्पर्धा असोज २९ देखि कात्तिक १ गते सम्मका लागि तय भएको छ । सिंहका अनुसार गौरिकाले नवौं राष्ट्रिय खेलकुदका लागि सामान्य तयारी गरेकी छिन् ।

‘अमेरिकामा पौडीको सिजन सुरु भएको छैन । त्यसले सामान्य तयारी गरेकी छिन्,’ उनले भने,‘अहिले उच्च फर्ममा सायद छैनन् होला ।’सागको एकै संस्करणमा सर्वाधिक स्वर्ण पदक जित्ने जित्ने खेलाडी हुन् । उनले ४ स्वर्ण पदकसहित १३ औं सागमा ९ पदक जितेकी थिइन् ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.