default_image

2 years ago

October 15, 2022

गौरिकाका भाई सौरेनले नवौंमा पदक जिते

265 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदमा दिदी गौरिका सिंहले कीर्तिमानी १२ स्वर्ण पदक जित्दा भाइ सौरेन बहादुर सिंह ११ वर्षका थिए । त्यसबेला दिदी गौरिकाले आफूले जितेको सबै पदक भाइलाई लगाइदिएकी थिइन् ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको पहिलो दिन दक्षिण एसियाली खेलकुद (साग) की कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहका भाई सौरेनबहादुर सिंहले पहिलो पटक राष्ट्रिय खेलकुदमा पदक जितेका छन् । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फिस्टेल एकेडेमीको पौडी पोखरामा पौडीको पहिलो दिन सौरेनले २ मिटर ब्याक स्ट्रोकमा कास्य पदक जितेका हुन् ।

एपिएफबाट खेलेका सौरेनले २ मिनेट २५.२३ सेकेन्डको समय निकाल्दै कास्य पदक जितेका थिए । सो इभेन्टमा एपिएफकै तेन्जिङ नाम्दो रायन गुरुङले स्वर्ण र प्रदेश १ का प्रारम्भ भण्डारीले रजत पदक जितेका थिए । रायनले २ मिनेट १६.२३ र प्रारम्भले समय २ मिनेट २३.६४ सेकेन्डको समय निकालेका थिए ।

सौरेन आमाबुवाका साथ बेलायत बस्दै आएका छन् भने पछिल्लो एक वर्षयता गौरिका अध्ययनका लागि अमेरिका बस्दै आएकी छिन् । सौरेनले आठौं राष्ट्रिय खेलकुदमा भाग लिएपनि पदक जित्न सकेका थिएनन् । सौरेनले नवौंमा २ सय मिटर इन्डिभिज्युल मेड्ली, २ सय मिट ब्रेकस्ट्रोक, ४ सय मिटर इन्डिभिजुयल मेड्ली र २ सय मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्नेछन् ।

गौरिकाले भने अस्वस्थताका पहिलो दिनका आफ्नो दुई इभेन्टबाट नाम फिर्ता लिइन् । पौडीको पहिलो दिन गौरिकाले १ सय मिटर फ्रिस्टाइलको हिटमा भाग लिएकी थिइन् । उनी फाइनल राउन्डका लागि छनोट भएकी थिइन् । त्यसपछि स्वास्थ्य खराबपछि पनि उनलाई अस्पताल भर्ना गरिएको थियो । पेट दुखेर बान्ता भएपछि गौरिकालाई अस्पताल लगिएको उनका बुवा पारस सिंहले जानकारी दिएका छन् ।

११ इभेन्ट्समा भाग लिन आएकी गौरिकाले अब ९ वटा इभेन्ट्समा प्रतिस्पर्धा गर्न बाँकी रहेको छ । परिक्षणपछिको रिपोर्ट समान्य आएको आइतबार हुने ४ इभेन्ट्समा खेल्न सम्भावना रहेको बुवा पारसले जानकारी दिए । गौरिकाले आइतबारर ८ सय मिटर फ्रिस्टाइल, २ सय मिटर फ्रिस्टाइल, १ सय मिटर ब्याक स्ट्रोक र ४ गुण १ सय मिटरर रिलेमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

त्रिभुवन आर्मी क्लबबाट सहभागी भइरहेकी गौरिकाले ५० ब्याक स्ट्रोक, ४ गुणा २ सय ब्याकस्ट्रोक, ४ मिटर फ्रिस्टाइल, ५० मिटर फ्रिस्टाइल र ४ गुणा १ सय मिक्स्ड फ्रि स्टाइलमा नाम दर्ता गराएकी छिन् । गौरिकाले तीन वर्ष अघि स्वदेशमा भएको १३ औं सागमा कीर्तिमान ४ स्वर्ण , २ रजत र ३ कास्यसहित ९ पदक जितेकी थिइन् ।

July 3, 2024

बिर्तामोडमा बन्दै अप्सरादेवी स्विमिङ कम्प्लेक्स

हिमाल खरेल,बिर्तामोडझापाको बिर्तामोडमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको स्विमिङ पुलको काम आधा सकिएको छ । बिर्तामोडस्थित लिटल फ्लावर्स इङलिस स्कुलपरिसरमा निर्माण भइरहेको अप्सरादेवी स्विमिङ कम्प्लेक्स अबको तीन महिनाभित्र तयार हुने विद्यालयका प्रिन्सिपल विशाल क्षेत्रीले जानकारी दिए । २ करोड रुपैयाँको लागतमा बन्दै गरेको स्विमिङ पुलको निर्माण बैशाख ५ गतेदेखि सुरु भएको हो । विद्यालयका विद्यार्थीलाई पौडी प्रतियोगितामा […]

June 30, 2024

भीमले पारालिम्पिक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस २०२४ पारालिम्पिकमा पौडीमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसंगै भीमको पारालिम्पिक सहभागिता निश्चित भएको राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठबाट जानकारी प्राप्त भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बताएको छ। भीमले पुरुष ५० मिटर फ्रि स्टायलमा […]

May 18, 2024

डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पौडीका डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) का महासचिव निलेन्द्र राज श्रेष्ठले पौडीका डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउने निश्चित भएको जानकारी दिएका हुन् । डुवाना र एलेक्सजेन्डरले युनिभर्सियालिटी कोटामा ओलम्पिकमा भाग लिनेछन् । यस्तै पौडीका दुवाना […]

Success

Thank you for your time.