default_image

2 years ago

June 27, 2023

टुसाल विद्यालय स्तरीय पौडी यसै साता

577 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– टुसाल मल्टिभेन्यु प्रालिको आयोजनामा दोस्रो संस्करणको टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिता यसै साता हुने भएको छ ।

प्रतियोगिता शुक्रबार तार्केश्वर ८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्युका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गर्ल्स र सिनियर ब्वाइज र सिनियर गर्ल्स गरी ४ वटा विधामा प्रतिस्पर्धा गराइनेछ ।
विजयी खेलाडीहरुलाई ट्रफी, मेडल तथा अन्य पुरस्कारहरुले सम्मान गरीने आयोजकले जनाएको छ । प्रतियोगितामा झण्डै एक सय खेलाडीको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ । हालसम २१ स्कुलले सहभागिताका लागि नाम दर्ता गरिसकेको बताइएको छ ।

प्रतियोगिताको प्राविधिक र निर्णायकको जिम्मेवारी विष्णु खड्का लगाएत ११ जनाको टिमले जिम्मा लिनेछन् । प्रतियोगितामा मेडिकल सपोर्ट मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रहने छ । अस्पतालले प्रतियोगितको अवधिभर एम्बुलेन्स, एकजना चिकित्सक र दुई जना नर्स सहितको सेवा दिने सम्झौता भएको आयोजकले जनाएको छ।

यस अघि गत वर्ष जेठ १९ गते मल्टिभेन्युले पहिलो संस्करणको आयोजना गरेको थियो। कार्यक्रममा टुसाल मल्टि भेन्यूका प्रबन्ध निर्देशक दिपेन्द्र थापा, सानिमा बैंककी शाखा प्रमुख निलु स्थापित, लुम्बिनी बिकास बैंकका शाखा प्रमुख श्रीजन डंगोललगायतको सहभागिता थियो ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.