default_image

2 years ago

June 30, 2023

टुसाल विद्यालय पौडीमा काठमाडौं वल्र्डको उच्च प्रदर्शन

823 views

0 Bookmark

काठमाडौं (हाम्रो खेललकुद)– काठमाडौं वल्र्ड स्कुलले टुसाल मल्टि भेन्युद्वारा आयोजित दोस्रो संस्करणको पौडी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेको छ।

तार्केश्वर नगरपालिका ८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङपुलमा शुक्रबार भएको प्रतियोगितामा काठमाडौं वल्र्ड स्कुलले सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाईजमा स्वर्ण पदक जितेको छ । २५ मिटर फ्रि स्टायलमा खेलाईएको उक्त प्रतियोगितामा सिनियर ब्वाईज तर्फ काठमाडौं वल्र्डका कल्किन श्रेष्ठ र सिनियर गल्र्समा सोही स्कुलकी अनिया पियाले स्वर्ण पदक जितिन् ।

सोही विधाको ब्वाइज तर्फ स्वस्तिश्री गुरुकुलका आलज रन्जित दोस्रो भए भने करियर विल्डिङ ईन्टरनेशनल एकेडेमिका सम्बन्धन श्रेष्ठले तेस्रा भए । सिनियर गल्र्समा काठमाडौं वर्लड स्कूलकी ईसानी देवी गोसाली दोस्रो भईन भने सेन्ट जेभिएर्स स्कुलकी साक्क्षी राणा तेस्रा भइन् ।

प्रतियोगिताको जुनियर ब्वाईजमा पनि काठमाडौं वल्र्ड स्कुलका मायोन श्रेष्ठले स्वर्ण पदक जिते । जुनियर गल्र्समा भने स्वस्तीश्री गुरुकुलकी अजला रन्जित स्वर्ण पदक जित्न सफल भईन् । जुनियर ब्वाईजमा जेम्सका अर्चित बुढाथोकी दोस्रो र काठमाडौं गुरुकुलका संकृत्य नेपाल तेस्रा भए । जुनियर गर्ल्समा स्वस्तीश्रीकी आर्या महर्जन दोस्रो र मिल्सबेरी स्कुलकी निकोल तुलाधर तेस्रो भईन् ।

२५ मिटर फ्रिस्टाईल मेम्बरमा आयुष श्रेष्ठ पहिलो, सुस्क्रिन महर्जन दोस्रो र विजय राज बाँनिया तेस्रो भए । प्रतियोगितका विजेता खेलाडीहरुलाई टुसाल मल्टिभेन्यू प्रालीको संस्थापक तथा निर्देशकद्वय पुस्कर थापा र विजय सापकोटाले पुरस्कृत गरे ।
विजेता खेलाडीलाई टुसाल मल्टिभेन्युमा एक महिनाको लागि निशुल्क स्विमिङ कोर्सको सुविधा दिएको छ । एक दिने प्रतियोगितामा २१ विद्यालयका ६७ ब्वाईज र ३१ गर्ल्स गरी जम्मा ९८ जनाले प्रतिस्पर्धा गरेका थिए ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.