default_image

2 years ago

May 18, 2024

डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक खेल्ने

1457 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पौडीका डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ ।

नेपाल ओलम्पिक कमिटि (एनओसी) का महासचिव निलेन्द्र राज श्रेष्ठले पौडीका डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउने निश्चित भएको जानकारी दिएका हुन् । डुवाना र एलेक्सजेन्डरले युनिभर्सियालिटी कोटामा ओलम्पिकमा भाग लिनेछन् । यस्तै पौडीका दुवाना र एलेक्जेन्डरले ओपन इभेन्टमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

यसबाहेक १३ औं दक्षिण एसियाली खेलकुद (साग) स्वर्ण पदक विजेता धाविका सन्तोषी श्रेष्ठले पनि पेरिस ओलम्पिक खेल्ने निश्चित भइसकेको छ । सन्तोषी पनि युनिभर्सियालिटी कोटाबाट नेपालको सहभागिता जनाउनेछिन् । ओलम्पिकमा एथलेटिक्स र पौडीमा युनिभर्सियालिटी कोटा हुन्छ ।

महासचिव श्रेष्ठलेसम्बन्धित संघको सिफारिसमा एनओसीले आयोजक कमिटिलाई नाम पठाएको सोही अनुरुप स्वीकृति भएको जानकारी दिए ।

जुलाई २६ देखि अगस्ट ११ सम्म हुने पेरिस ओलम्पिकमा अहिलेसम्म ५ नेपाली खेलाडीको सहभागिता पक्का भएको छ ।
टेबल टेनिसका स्यान्टु श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालले पेरिस ओलम्पिक खेल्ने पक्का भइसकेको छ । स्यान्टुले छनोट चरण पार गरेर ओलम्पिकमा स्थान सुरक्षित गरेका हुन् । प्रिन्स पनि युनिभार्सलिटी कोटाबाट ओलम्पिक खेल्दैछन् ।

काठमाडौंमा बिहीबार भएको दक्षिण एसियाली छनोट चरण पार गर्दै स्यान्टु ओलम्पिकमा छनोट भएका हुन् । छनोट भएर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन्। यसअघि तेक्वान्दोकी संगिना वैद्यले सन् २००४ को एथेन्स ओलम्पिक र तेक्वान्दोकै दिपक विष्टले २००८ को बेजिङ ओलम्पिकमा छनोट पार गरेर भाग लिएका थिए ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.