default_image

1 year ago

July 28, 2024

पेरिस ओलम्पिक – डुआनाको निराशाजनक प्रदर्शन

2362 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ अन्तर्गत पौडीतर्फ नेपालकी डुआना लामाले निराशाजनक प्रदर्शन गरेकी छिन् ।

२ सय मिटर फ्रिस्टाइल विधाको पहिलो हिटमा उनले ७ खेलाडीमध्य अन्तिम स्थान हासिल गरिन् । उनले २ मिनेट २०.७४ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । उनले आफ्नो २ मिनेट १२.४६ सेकेन्डको उत्कृष्ट प्रदर्शनलाई सुधार गर्न सकिनन् ।

त्यसअघि आइतबार नै सुटिङकी सुस्मिता नेपालले पनि खराब प्रदर्शन गरिन् । ४४ जनाले भाग लिएको १० मिटर एयर राइफलमा सुस्मिता ४२ औं स्थानमा आइन् । उनले ६ सय ७.८ स्कोर गरेकी थिइन् ।

शनिबार टेबल टेनिस स्यान्टु श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालले आ आफ्नो खेल गुमाएका थिए । दुवै सोझो सेटमा पराजित भए ।

समूह पीमा रहेका प्रिन्स विश्व वरियताको दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग ८–२१ र ६–२१ को सेटमा पराजित भएका थिए । अब ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्स आयरल्यान्डका नियात नुयन (४३औं वरीयता) र इजरायलका मिसा जिल्वरमन (५९औं वरीयता) विरुद्ध खेल्नेछन् । प्रिन्स विश्व वरीयतामा १ सय ७२औं स्थानमा रहेका छन् ।

टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएका थिए । सेनगलका खेलाडी इब्राहिमा डियावसँग ४–० ले पराजित भएका थिए । पहिलो सेटमा राम्रो प्रदर्शन गरेपनि उनले १०–१२ ले गुमाएका थिए । त्यसपछि उनी दोस्रो सेटमा ११–३, तेस्रो सेटमा ११–४ र चौथो सेटमा ११–५ ले पराजित भए ।

कुल ६ खेलका ७ नेपाली खेलाडीले पेरिस ओलम्पिकमा भाग लिइरहेका छन् । जुडोकी मनिता श्रेष्ठ प्रधान, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, पौडीका एलेक्स शाहले आ आफ्नो खेल खेल्न बाँकी छ ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.