default_image

7 years ago

July 14, 2017

खेलाडी नभएको भए लफङ्गा हुन्थे – ओलम्पियन शिरीषसँग १२–२७ कुरा

काठमाडौं (हाम्रो खेलकुद)– सानै उमेरबाट चर्चामा रहँदै आएका ओलम्पियन पौडी खेलाडी शीरिष गुरुङ भविष्यमा पनि नेपाली खेलकुदसँगै जोडिरहन चाहन्छन् । ५ बर्षको उमेरमा गाडी चलाएर धेरैलाई चकित पारेका शीरिषले उमेर बढ्दै जाँदै खेलकुदबाट पनि ख्याती कमाए। गत बर्ष भएको सातौं राष्ट्रिय खेलकुदमा पौडीका १७ मध्ये १६ मा भाग लिए र भाग लिएका सबैमा स्वर्ण पदक […]

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सानै उमेरबाट चर्चामा रहँदै आएका ओलम्पियन पौडी खेलाडी शीरिष गुरुङ भविष्यमा पनि नेपाली खेलकुदसँगै जोडिरहन चाहन्छन् । ५ बर्षको उमेरमा गाडी चलाएर धेरैलाई चकित पारेका शीरिषले उमेर बढ्दै जाँदै खेलकुदबाट पनि ख्याती कमाए। गत बर्ष भएको सातौं राष्ट्रिय खेलकुदमा पौडीका १७ मध्ये १६ मा भाग लिए र भाग लिएका सबैमा स्वर्ण पदक जित्ने क्रममा ५ वटा राष्ट्रिय कीर्तिमानका बनाएका थिए । ४६ पटक सम्म राष्ट्रिय कीर्तिमान भंग गरिसका उनको नाममा अहिले पनि १४ वटा कीर्तिमान छ । उनले आफुले कीर्तिमान राखेको इभेन्ट थाहा छ तर, सबैको टाइमिङ भने याद छैन ।

हेर्दा लजालु लाग्ने शीरिषले अहिले आफ्नै नाममा शीरिष फाउन्डेसन स्थापना गर्दै अन्य खेलाडीलाई सहयोग गर्नमा जुटेका छन् । अहिले फाउन्डेसनले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी निमा घर्ती मगरलाई छात्रबृति दिएको छ भने अल्ट्रा धाविका मीरा राईलाई अक्वा थेरापीमा सहयोग गरिरहेका छ । १२ औं सागमा आफै भाग लिएका शीरिष पदक विहिन हुनुपर्दा निराश मात्र भएका थिएनन् खेल नै छोड्ने मनस्थितिमा समेत पुगेका थिए । त्यसअघि उनले हराउने गरेका बंगलादेशी खेलाडीसँग हारेर कास्य पदक विहिन हुनपर्दाको क्षणले उनलाई अहिले पनि दुःखी बनाउने गरेको बताउँछन् ।

पौडीमै आबद्ध कतिपयले उनलाई नयाँ खेलाडीलाई मौका मौका दिनका लागि भन्दै घुमाउँरो पारामा मनोबैज्ञानिक रुपमा संन्यास लिन दबाब दिने गरेपनि देशका लागि एउटा अन्तर्राष्ट्रिय पदक दिलाएर छाड्नेमा उनी दृढ छन् । फाउन्डेसनमार्फत खेलाडी उत्पादन र आफै स्पोर्टस मेडिसन अध्ययन गरेर नेपाली खेलकुदमा सहयोग पु¥याउने उनको भविष्यको लक्ष्य छ ।

एमबिबिएसको प्रवेश परिक्षाको तयारीमा रहेका उनै शीरिषसँग हाम्रो खेलकुद डट कमका दिपेश तिमलसिनाले गरेको १२–२७ कुरा गरेका छन् ।

१. कहिलेबाट खेल्न सुरु गर्नु भयो?
– ३/४ बर्षको हुँदा देखिनै पौडी गर्न थाले । ५ बर्षको हुँदा पहिलो पटक प्रतियोगितामा भाग लिएको थिए । त्यो प्रतियोगितामा म भन्दा बढी उमेरका खेलाडीहरु यस्तो फुच्चेसँग हारे भने बेइज्जत हुन्छ भनेर नखेली हिंडे। मलाई त्यो प्रतियोगिताको नतिजा याद छैन तर ईमर्जिंङ खेलाडीको ट्रफी हात पारेको थिए।

२. पहिलो पटक मेडल जित्दा कस्तो महसुस भयो?
– मैले ७ बर्षको उमेरमा पहिलो पटक एलए कपको यू १० बर्ष उमेर समूहमा कास्य पदक जितेको थिए र निकै खुसी भएको थिए । ९/१० बर्षको हुँदा पहिलो पटक स्वर्ण पदक जितेको थिए । घाटीमा स्वर्ण पदक झुण्ड्याएर फोटो खिच्न निकै रमाइलो लाग्थ्यो ।

३. पौडीमा कसरी लाग्नु भयो?
– म बच्चा बेलामा निकै छुकछुके थिए । छिटो थाक्ने र अन्त जस्तो लुक्न नमिल्ने भएर अभिभावकले पौडी पोखरीमा हाल्दिनु हुन्थ्यो ।

४. कुन फोन चलाउनु हुन्छ र फोन किन्दाको मूल्य?
– आईफोन ६ एस प्लस, लगभग ८० हजार रुपैयाँ

५. कुन बाइक चढ्नु हुन्छ र मूल्य?
– एमभी अगस्टा ८०० सीसी, मूल्य ३२ लाख रुपैयाँ, नियमित प्रयोगको लागि होण्डा सीबी १२५सीसी।

शिरीषको फेसबुकबाट साभार

६. बार्षिक कति कमाउनु हुन्छ?
– पछिल्लो बर्ष ओलम्पिक भएर धेरै भयो। अरु बेला यतीनै भन्ने छैन पछिल्लो बर्ष २२-२५ लाख आम्दानी भयो।

७. खेलाडी नबनेको भए के गर्नु हुन्थ्यो होला?
– लफङ्गा हुन्थें होला। (हाहाहाहाहा) सानैबाट पौडीमा लागेर होला अरु सोचनै आएन।

८. शैक्षिक योग्यता कति छ?
– १२ सकाएर एमबीबीएस प्रवेश परिक्षाको तयारीमा छु।

९. कस्तो फिल्म हेर्नुहुन्छ र पछिल्लो पल्ट हेरेको फिल्म?
– खासै धेरै फिल्म हेर्दिन तर मन लाग्दा एक्सन मुभी हेर्छु, पछिल्लो पटक हेरेको वोन्डर वुमन।

१०. सबै भन्दा मन पर्ने नायक र नायिका?
– अमेरिकन नायक क्रिस हेम्सवर्थ र राजेश हमाल। राजेश हमालले नेपाली फिल्म जगतलाई उचाईमा पुर्याउन गरेको योगदान देखेर उहाँलाई निकै सम्मान गर्छु। नायिकाहरु सबै मनपर्छ।

११. सबैभन्दा मन पर्ने गायक र गायिका?
– बिपुल क्षत्री, एलबाट्रसको सिरिष दाई। अंग्रेजी ट्रयान्स म्युजिक सुन्न रमाइलो लाग्छ। गायिकामा सबै उस्तै लाग्छ।

१२. सबैभन्दा धेरै पल्ट सुनेको गीत?
– डेस्पासिटो

१३. सिंगल हुनुहुन्छ?
– अहिले सिंगल छु।

१४. किताब कतिको पढ्नु हुन्छ? पछिल्लो पल्ट पढेको किताब?
– नोभलहरु पढ्दिन।

१५. अहिलेसम्म कति देश घुम्नु भयो? सबैभन्दा मन परेको देश?
– १२/१५ ओटा भन्दा धेरै देश पुगेको छु। सबैभन्दा मन परेको देश फ्रान्स, पेरिसनिकै राम्रो र रोम्यान्टिक छ।

१६. नेपालमा सबैभन्दा मनपर्ने ठाउँ?
– मनाङ/मुस्ताङ

१७. सबैभन्दा मनपर्ने खानेकुरा?
– थकाली खाना

१८. खाना बनाउनु हुन्छ? आफैले पकाको सबैभन्दा मिठो के लाग्छ?
– म आफ्नो लागि मात्र पकाउँछु। मैले पकाएको अरुलाई मन पर्दैन (हाँस्दै) म तेल कम, नुन कम, मसला कम हाल्छु। मैले बनाएको अरुलाई मनपर्ने ट्यांङ जुसमात्र होला।

१९. सामाजिक सञ्जाल कतिको चलाउनु हुन्छ र प्रेम प्रस्ताव कतिको आउछ?
– चलाइरहेको हुन्छु, समय पाउना साथ फेसबुक खोल्छु। खासै त्यस्तो धेरै आउदैन प्रस्तावनै त, तर म्यासेज भने टन्नै आउछ। कसैले प्रस्ताव पठाउँदा हासेको स्माइली पठाएर टारीदिन्छु।

२०. पहिलो कमाई के गर्नु भयो?
– हामीले स्विमिङको रेकर्ड ब्रेक गरे बापत ५हजार रुपैयाँ पाउछौ र मैले त्यसबाट १५/२० हजार पुर्याएर बेनेभोइलेन्स चाइल्डस् वेलफेर अर्गनाईजेसनमा समानहरु लागेको थिए । पछि पुलिसमा आबद्ध हुँदा मासिक आउने पैसाले बाइक र स्विमिङको सामानहरु किनेको थिए। सरकारबाट युवा पुरस्कार सम्मानसँगै पाएको १ लाख रुपैयाँ चाहिँ सिन्धुपाल्चोकका बाढी पीडितलाई सहयोग गरेको थिए ।

२१. खेल जीवनमा सबैभन्दा खुसी भएको क्षण?
– ओलम्पिक खेल्दा। सन् २००८मा मलाई पहिलोपटक ओलम्पिक हुन्छ भन्ने थाहा भयो र ८ बर्षको मेहेनत पछि त्यहाँ पुगें। मलाई ओलम्पिकमा पुग्नु पर्छ भन्ने थियो।

२२. फुर्सदको समयमा के गर्नु हुन्छ?
– साथीहरुसंग समय बिताउछु। साइक्लिङ गर्छु, बाइक राइड गर्छु।

२३. आफुले चाहेर पनि गर्न नसकेको काम?
– दक्षिण एसियाली खेलकुदमा मेडल जित्न सकिन। मलाई पदक जित्छु भन्ने थियो तर मैले सधै पछाडि पार्ने बंगलादेशी खेलाडी भन्दापनि पछि परेको थिए। र साथसाथै केटिसँग मज्जाले खुलेर गफ गर्न कहिलेपनि आएन।

२४. राष्ट्रिय टोलीमा सबैभन्दा मिल्ने साथी र माथि आउन सक्ने खेलाडी?
– हामी ओलम्पिकमा गएका साथीहरु सबैजना एकदमै मिल्छौँ, बेलाबखतमा जमघट पनि हुने गरेको छ। पौडीमा मिल्ने सोफिया र तिशा। माथि आउन सक्ने खेलाडी अनुभव सुब्बा र सुगम श्रेष्ठ। उनीहरु विश्व च्याम्पियन्सिप खेल्न बुडापेस्ट जादै छन्।

२५. सबैभन्दा मनपर्ने अन्तर्राष्ट्रिय खेलाडी?
– माइकल फ्लेप्स र जोसेफ स्कुलिङ

२६. नेपाली पौडीको स्तर के गरेर बढ्ला?
– अलि दुरदर्शी सोच राखेर काम गर्न सक्ने मान्छे संघमा आउन पर्यो । खेलाडीलाई धेरै भन्दा धेरै प्रतियोगितामा सहभागी हुन पठाउनु पर्छ। क्लब कन्सेप्ट आउन पर्छ। हामीले हाम्रो लेभलको प्रतियोगितामा भाग लिन पार्यो, एकैचोटी ठुलो प्रतियोगिता खेलेर सफलता प्राप्त गर्न सकिदैन।

२७. आफ्ना शुभेच्छुकहरुलाई के भन्न चाहनुहुन्छ?
– राम्रो मान्नेले यसै राम्रो मान्नु हुन्छ । म माथि पुगेको हेर्न नचाहनेका लागि पनि म आफ्नो प्रदर्शनबाट गलत सावित गर्ने कोशिसमा हुन्छु । साथ दिनेलाई धन्यवाद । राम्रो नचाहनेसँग पनि खासै गुनासो छैन ।

February 12, 2024

गौरिका र नासिरद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – जलपरी गौरिका सिंह र पौडीवाज नासिर याहा हुसेनले विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिप दौरान साेमबार गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको पुरानो किर्तिमान भंग गरेकी हुन् । नयाँ कीर्तिमान बनाउने क्रममा गौरिकाले निर्धारित दुरी १ मिनेट ५ दशमलव ४७ […]

December 28, 2023

निसर्ग बाटिका पौडीमा टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- निसर्ग बाटिका स्कुल २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगितामा कुल १ सय ४८ अंकका साथ निसर्ग टिम च्याम्पियन बनेको हो । दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ५१ अंक र तेश्रो स्थानमा […]

September 23, 2023

सरुले एसियाडका बाँकी खेल गुमाउने

हाङ्गचौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने भएकी छिन् । एसियाडमा शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन् । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा […]

Success

Thank you for your time.