default_image

9 years ago

July 28, 2016

पौडी खेलाडी शीरिष भाटभटिनीको ब्रान्ड एम्बसडर, मासिक १ लाख पाउने

186 views

0 Bookmark

काठमाडौं – ओलम्पिक खेल्ने तयारीमा रहेका पौडी खेलाडी शीरिष गुरुङलाई भाटभटेनी मार्केटले एक बर्षका लागि आफ्नो ब्रान्ड एम्बसडर बनाएको छ । भाटभटिनीले शीरिषलाई मासिक १ लाख रुपैयाँमा सम्झौता गरेको हो ।

Siris Gurung brand ambessador

सम्झौता अनुसार शीरिषले राष्ट्रिय कीर्तिमान तोडेमा थप १० हजार रुपैयाँ पाउनेछन् । नेपाली खेलकुदमा सार्वजनिक रुपमा गरिएको सम्झौतामा यो सबैभन्दा ठूलो राशीको सम्झौता हो । शीरिष र भाटभटिनीका मालिक मिनबहादुर गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । शिरिषले अब भाटभटेनीको विज्ञापन खेल्नुपर्ने, भाटभटेनीको प्रवर्दन कार्यक्रममा सहभागि हुनुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा भाटभटेनीको पोशाक लगाउनुपर्नेछ ।

केहि दिनपछि ब्राजिलमा हुने रियो ओलम्पिकमा उनले १ सय मिटर फ्रिस्टायलमा भाग लिनेछन् । भाटभटेनीका गुरुङले शीरिषलाइ ओलम्पिकका लागि शुभकामना दिए । नेपाली खेलकुदमै सम्भवत कुनै खेलाडीले व्यक्तिगत रुपमा पाएको यो सबभन्दा ठूलो प्रायोजन हो । नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले कीर्तिमानी प्रायोजनका लागि भाटभटेनीलाई धन्यवाद दिँदै यसले शिरिषको मनोबल उच्च हुने विश्वास व्यक्त गरे ।

४५ पटक पौडीका राष्ट्रिय कीर्तिमान तोडिसकेका शीरिषको नाममा १५ वटा राष्ट्रिय कीर्तिमान छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता नेपाली खेलकुदका लागि कोसेढुंगा साविक हुने चर्चा गरे ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.