9 years ago
August 25, 2016
कान्तिपुर टेलिभिजनमा दिल भुसन पाठकसङ कार्यक्रम ‘टफा टक’ मा बोल्दै गौरिकाले आफुले आफ्नो खेल अवधी भरी नेपालको लागी खेल्ने प्रतिबद्धता जनाएकी छिन ।

पाठकको ‘के तपाइ कुनै समयमा बेलायतको लागी खेल्नु हुन्छ ? ‘ भन्ने प्रश्नमा उनले आफु नेपाली भएको ले सधै नेपालको लागी खेल्ने भनेकी छिन ।
“म बेलायतमा बस्छु भनेर म अङ्रेजी हुदिन । म नेपाली हु र सदैब नेपाललाई प्रतिनिधित्व गर्नेछु । मेरो मनमा राष्ट्रियता परिवर्तन गर्ने कुनै कुरा छैन ।” , गौरिकाले उत्तर दिइन ।
त्यस्तै गौरिकाकि आमा गरिमा राणाले करिब ५ बर्ष देखी बेलायती पास्पोर्ट लिने अवसर मिले पनि आफुहरु सँग नेपाली राहदानी रहेको बताएकी छिन ।
यस रियो ओलम्पिकको कान्छी सहभागी भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा लोकप्रियता कमाएकी गौरिका हाल नेपालमा छुट्टी मनाउदै छिन ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]