9 years ago
October 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) –श्रीलंका हुने दक्षिण एसियाली अक्वेटिक च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबारबाट कोलम्बोमा सुरु हुने प्रतियोगितामा नेपालका ४ खेलाडीले भाग लिने भएका छन् । नितेश मानन्धर, देवेश मानन्धर, अनुभव सुब्बा र सुभम श्रेष्ठले अलग अलग इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

पौडी प्रमुख प्रशिक्षक ओङ्गदेन लामा टोलीको प्रशिक्षक र नेपाल पौडी संघका सदस्य पारश श्रेष्ठ टोलीको व्यवस्थापक रहेका छन् । प्रतियोगितामा नितेशले ५० र १ सय मिटर फ्रिस्टायल, २ सय मिटर ब्रेस्टस्ट्रोक र ५० मिटर ब्याकस्ट्रोक, देवेशले ५०, १ सय , २ सय र ४ सय मिटर फ्रिस्टायल, ५० मि बटरफ्लाई, ५०, १ सय र २ सय मिटर ब्याकस्ट्रोक तथा २ सय मिटर व्यक्तिगत मिड्ले, अनुभवले ५०, १ सय र ४ सय मिटर फ्रिस्टायल, १ सय मिटर बटरफ्लाई, ५०, १ सय र २ सय मिटर ब्याकस्ट्रोक तथा २ सय मिटर व्यक्तिगत मिड्लेमा प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै सुभमले ५० मिटर फ्रिस्टायल, ५०, १ सय र २ सय मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् । पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले आइतबार विदाई गरेको पौडी टोली मंगलबार त्यसतर्फ जानेछ ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]