5 years ago
April 20, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कीर्तिमानी ओलम्पियन पौडीकी गौरिका सिंह एसियाको प्रभावशाली युवाको सुची फोर्बस थर्टी अन्डर थर्टी एसिया २०२१ मा परेकी छिन् । अमेरिकाको चर्चित म्यागजिन फोर्बसले मंगलबार सार्वजनिक गरेको सूचीमा गौरिका इन्टरटेन्मेन्ट एन्ड स्पोर्टसतर्फ एसियाको प्रभावशाली ३० युवामा परेकी हुन् ।

गौरिकाका बारेमा फोर्बस्ले भनेको छ, ‘गौरिका सिंह नौ वर्षको उमेर देखि पौडी खेलमा छिन् । १२ वर्षदेखि नेपालका लागि खेलिरहेकी छिन् । दक्षिण एसियाली खेलकुद (साग) मा ४ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेकी छिन् । सन् २०१६ को रियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी खेलाडी थिइन् ।’
गौरिका १३ वर्षको उमेरमा रियो ओलम्पिकमा सहभागी भएकी थिइन् । डेढ वर्षअघि स्वदेशमा आयोजना भएको १३ औं सागमा गौरिकाले कीर्तिमानी उपलब्धी हासिल गरेकी थिइन् । नेपालका लागि पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने उनी पहिलो खेलाडी हुन् ।
फोर्बस्ले उनका बारेमा थप भनेको छ, ‘गौरिका टोकियो ओलम्पिक २०२० लाई पनि छनोट भएकी छिन् । टोकियो ओलम्पिक आउने जुलाई–अगस्टमा आयोजना हुँदैछ । पौडीबाहेक उनी समाजसेवामा पनि संलग्न छिन् । उनी गैरनाफामूलक संस्थाहरू माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभकी सद्भावना दूत हुन् ।’
फोर्बसको यहि विधामा गत वर्ष एमेच्योर गल्फ खेलाडी प्रतिमा शेर्पा परेकी थिइन् । ओम्पिकको तयारीका सिलसिलामा केहि झन्डै २ महिना स्वदेश बसेर गौरिका चैत २० गते बेलायत फर्केकी थिइन् । कोरोनाको महामारीका कारण बेलायतमा अभ्यासमा असर परेपछि उनी स्वदेश फर्केकी थिइन् ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]