default_image

7 years ago

July 23, 2017

बार्सिलोना २-१ युभेन्टस [भिडियो]

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारले २ गोल गरेपछि प्रि सिजनको मैक्रीपूर्ण खेलमा बार्सिलोनाले युभेन्टसलाई २-१लो पराजित गरेको छ। अमेरिकामा खेलिएको खेलमा युभेन्टसका लागि एतमात्र गोल जिओर्जियो किएलिनिले गरेका थिए। खेलको १५औं मिनेटमा बार्सिलोनाका नेयमारले टोलीलाई अग्रता दिलाएका थिए। उनले पाको अल्कासेरसँग बक्स बाहिरबाट उत्कृष्ट वन-टु पास खेल्दै सिक्स यार्ड बक्स अगाडीबाट गोल गरेका थिए। २६औं […]

48 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारले २ गोल गरेपछि प्रि सिजनको मैक्रीपूर्ण खेलमा बार्सिलोनाले युभेन्टसलाई २-१लो पराजित गरेको छ। अमेरिकामा खेलिएको खेलमा युभेन्टसका लागि एतमात्र गोल जिओर्जियो किएलिनिले गरेका थिए।

खेलको १५औं मिनेटमा बार्सिलोनाका नेयमारले टोलीलाई अग्रता दिलाएका थिए। उनले पाको अल्कासेरसँग बक्स बाहिरबाट उत्कृष्ट वन-टु पास खेल्दै सिक्स यार्ड बक्स अगाडीबाट गोल गरेका थिए। २६औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै नेयमारले टोलीलाई २-०को अग्रता दिलाए। लियोनेल मेस्सीको पास पाएपछि नेयमारले बक्स भित्र रहेका ४ जना डिफेन्डरलाई छक्याउँदै दर्शनीय गोल गरेका थिए।

युभेन्टसले खेलको ६६औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको थियो। युभेन्टसका लागि किएलिनीले कर्नरमा हेडरमार्फत गोल गरेका थिए। तर, थप गोल हुन नसकेपछि खेलमा बार्सिलोना विजयी रह्यो।

पिएसजीले नेयमारलाई भित्र्याउन विश्व कीर्तिमानी रकम तयार पारिरहेको अवस्थामा यस प्रदर्शनले उनको महत्त्व थप बढी भएको छ। नेयमारले दुवै गोल उत्कृष्ट ढंगले गरेका थिए।

August 21, 2023

‘भारत र पाकिस्तानविरुद्ध खेल्न एकदमै उत्साहित छौं’- रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानविरुद्ध खेल्न उत्साहित भएको बताएका छन् । एसिया कपको लागि टियुमा प्रशिक्षणमा ब्यस्त रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । ‘भारत र पाकिस्तानसँग खेल्न उत्साहित छौं । त्यो दबाब केहि पनि महसुस गरेका छैनौं । जहिले पनि […]

shakti gauchan

June 14, 2023

‘मर्नुअघि नेपाल टेष्ट राष्ट्र बनेको हेर्ने सपना छ’- शक्ति

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका एक सर्वाधिक सफल खेलाडी शक्ति गौचनले आफू मर्नुअघि नेपाल टेस्ट राष्ट्र बनेको हेर्न सपना रहेको बताएका छन् । भैरहवामा रहेको स्टार एकेडेमीमा खेलाडी उत्पादन गर्न ब्यस्त रहेका शक्तिले हाम्रो खेलकुद डटकमसँग अन्तर्वार्तामा बोल्नेक्रममा उक्त प्रतिक्रिया दिएका हुन् । आफ्नो लक्ष्य नेपाललाई टेस्ट नेशन भएको हेर्न रहेको बताए । […]

May 23, 2023

एनएससी-काभा महिला च्यालेन्ज कप (प्रत्यक्ष प्रसारण)

Click Here to Watch LIVE

Success

Thank you for your time.