8 years ago
September 21, 2017
संगिता कुवँर
टोकियो – पूर्व राष्ट्रिय खेलाडी नवीन गुरुङको अध्यक्षतामा जापान भलिबल समिति गठन भएको छ । जापानमा रहेका खेलाडी, संघ संस्थाका प्रतिनिधि, पत्रकार एनआरएन जापानका प्रतिनिधिको उपस्थितिमा समिति गठन भएको थियो ।
समितिको वरिष्ठ उपाध्यक्षमा लोकेश खत्री, उपाध्यक्ष मदन साउद, महासचिव मुक्ती सुवेदी, सचिव भबिन थापा, कोषाध्यक्ष दिपेश खत्री चयन भएका छन् । त्यस्तै भिक्टर ठाडा मगर, भरत मल्ल, हितु थापा, महेन्द्र भण्डारी, महेन्द्र सहानी, राम मल्ल, देव केसी, कुलबिर थापा, देवेन्द्र केसी, अमृत आचार्य, राम लमिछाने, कमल थापा सदस्य रहेका छन् ।
अन्य सदस्यमा , प्रकाश चन्द्र जोशी, जिवन खड्का, राजु बस्नेत , काले भाइ, रामु थापा, अमर भण्डारी, केशव केसी छन् । समितिको वरिष्ठ सल्लाकारमा श्रीभक्त गुरुङ, रत्न बस्नेत, पर्शुराम बस्नेत,सल्लाहकारमा हिमाल कँडेल , हिरा शेरचन, घम्बिर भण्डारी, कान्छा गुरुङ्ग, गिरी प्रसाद शेरचन, सबिता श्रेष्ठ र पुष्करजंग थापा छन् ।
समितिको पहिलो बैठकले नेपालीहरुबीच पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गर्ने, सदस्यता वितरण गर्ने र आधिकारिताका लागि दर्ताको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
मुख्य अतिथि नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, जन सम्पर्क समिति जापाका उपसभापती पुष्करजंग थापा, ओेएन एफ जापानका पर्शुराम बस्नेत, एनआरएनए आइसीसी महिला प्रतिनिधि सबिता श्रेष्ठ, तमुधि जापानका अध्यक्ष तथा पश्चिमाञ्चल भलिबल संघकाका सस्थापक अध्यक्ष श्रीभक्त गुरुङ, गल्कोट समाजका सल्लाहकार चन्द्र बहानुर खत्री लगायतले समितिलाई सफलताको लागि शुभकामना दिएका थिए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]