8 years ago
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर ६२ औं नेपाल प्रहरी दिवसको अवसरमा आयोजित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगितामा पहिलो भएको छ ।
महाराजगन्जस्थित नेपाल पुलिस एकेडेमीको खेल मैदानमा बिहिबार भएको फाइनलमा ३ नम्वर प्रदेश प्रहरी कार्यालय हेटौडाको टिमलाई ३–१ को सोझो सेटमा पराजित गर्दै विराटनगर पहिलो भएको हो । विराटनगरले हेटौडामाथि २९–३१, २५–२१, २५–१५ र २५–१६ को जित निकाल्यो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २९–३१ ले गुमाएको विराटनगरले त्यसपछिको तीनै सेट विराटनगरले सहजै आफ्नो पक्षमा पार्यो ।
विजयी बनेको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले ५० हजार नगदसहित शिल्ड प्राप्त ग¥यो । दोस्रो भएको ३ नम्वर प्रदेश प्रहरी कार्यालय हेटौडाले ३५ हजारसहित शिल्ड प्राप्त गार्यो । विजेता टिमलाई संगठन प्रमुख तथा आइजीपी प्रकाश अर्यालले पुरस्कृत गरे । दोस्रो भएको टिमलाई नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव देवेन्द्र सुवेदीले पुरस्कृत गरे ।
विराटनगरका गोविन्दा पराजुली प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडी घोषित भए । उनले ५ हजार ५ सय रुपैया प्राप्त गरे । यस्तै हैटौडाका विनोद शाह वेष्ट स्पाइकर, नैनाराम आलेमगर वेष्ट ब्लकर, राजिन रासकोटी बेष्ट सर्भर घोषित हुदा विराटनगरका भीम मगर वेष्ट डिफेन्डर र विपिन पोखरेल वेष्ट लिफ्टर घोषित भए । उनीहरुले समान २ हजार ५ सय रुपैया प्राप्त गरे ।
सोही अवसरमा नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले भलिबलमा नेपाल पुलिस क्लबलले अतुलनीय योगदान गरेको भन्दै १० भलिबल हस्तान्तरण गरे । महासचिव चन्दले १० थान भलिबल भलिबलका पूर्व राष्ट्रिय खेलाडी भरत शाहलाई हस्तान्तरण गरे ।
लिगकम नक आउटका आधारमा असोज २२ गतेबाट शुरु भएको प्रतियोगितामा सात प्रदेशका सात प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग रानीपोखरीको सहभागिता रहेको थियो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]