default_image

8 years ago

October 31, 2017

स्प्रिङडेल स्कुलका दुवै टोलीलाई सफलता

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुरको स्प्रिङडेल इङलिस स्कुल प्रथम प्याब्सन यू–१८ राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ क्वाटरफाईनलमा प्रवेश गरेको छ । महोत्तरीको भानुभत्त मेमोरियल स्कुललाई मंगलबार २–० को सोझो सेटमा हराउँदा स्प्रिङडेल अन्तिम आठमा पुगेको हो ।

स्प्रिङडेलले २५–१७,२७–२५ ले खेल आफ्नो पक्षमा पारेको थियो । स्प्रिङडेलले पुरुषतर्फ पनि काठमाडौको एन्जल्सहार्टलाई २–० ले हराउँदै अन्तिम १६ मा स्थान बनायो । नयाँ बसपार्कको ढोरपाटन स्पोर्टस टेनिङ सेन्टरमा जारी प्रचियोगितामा महिलातर्फ रुपन्देहीको एभरेष्ट बोडिङ स्कुल र दाङको श्रीगाँउ खेलकुद बिकास समिति समूह बिजेताको रुपमा प्रि क्वार्टरफाइनल पुगेका छन् ।

एभरेष्टले काठमाण्डौंको बिन्ध्याबासीनी एकेडेमीलाई २५–७ र २५–८ ले श्रीगाँउले माफलाई २५–७ र २५–५ ले हराएको थियो । पराजित भएपछि बिन्ध्याबासीनी र माफ अन्तिम १६ मा पुगे । निजी तथा आवसिय बिद्यालय संगठन (प्याब्सन) को मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगिताको पुरुषतर्फको अन्य खेलमा कञ्चनपुरको लिटिलबुद्ध, काठमाडौंको ढोरपाटन स्पोर्टस् क्लब र ग्लासियर कलेज, एड्भान्स एकेडेमी र श्री स्टारले सफलता हात पारेका छन् ।

मंगलवार लिटिल बुद्ध एकेडेमीले दोहोरो सफलता हात पादै समूह विजेताका रुपमा अघिल्लो चरण पुगेको छ । गुल्मी जिल्ला भलिबल संघलाई २५–२३ र २५–२२ ले हराएको लिटिल बुद्धले आरुणी स्कुललाई २५–१३ र २५–१७ ले पाखा लगायो । आरुणी स्कुल उपबिजेताको रुपमा अन्तिम १६ मा पुग्दा गुल्मी बहिरिएको छ ।

नेपाल विद्यालय भलिबल कमिसनको आयोजना सञ्चालन भएको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेता टोलिले १ लाख, दोस्रो हुनेले ६० हजार, तेस्रोले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । कात्तिक १९ गते सम्म चल्ने प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पाउनेछन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.