default_image

8 years ago

November 2, 2017

अस्ट्रेलियामा पोखरा भलिबल क्लब च्याम्पियन

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अस्ट्रेलियामा नेपाली समुदायबीच भएको एनइभिएस भलिबल प्रतियोगिताको उपाधि पोखरा भलिबल क्लबले जितेको छ । ढोरपाटन क्लबलाई २५–१७,२५–२१ र २५–१८ को सोझो सेटमा हराउँदै पोखरा विजयी भएको थियो ।

आयोजक गल्कोट समाज अस्ट्रेलियाका खेलकुद सचिव जंग कुँवरका अनुसार सिड्नीको मारिकभिलीस्थित पिसिएसी क्लबमा बुधबार भएको प्रतियोगिताको सेमिफाइनलमा ढोरपाटनले आयोजक गल्कोट समाजलाई २५–१८ र २६–२४ तथा पोखराले नेपाली अस्ट्रेलिया युथ एसोसिएसनलाई २८–१८ र २५–१४ को सोझो सेटमा हराएको थियो ।

झन्डै चार सय नेपाली दर्शकको उपस्थितिमा भएको प्रतियोगितामा पोखराका सन्दीप गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै पोखराका दीपक मगर उत्कृष्ट लिफ्टर, ढोरपाटनका विवेक खुम्बु श्रेष्ठ उत्कृष्ट स्पाइकर चुनिए ।

न्यू साउथ वेल्सका महावाणिज्य दुत दीपक खड्का, गल्कोट समाजका अध्यक्ष नीरजन भण्डारी, एइभिएसका व्यवस्थापक लगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे । सचिव कुँवरले प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरे । गल्कोट समाज तीन वर्षअघि गठन भएको थियो ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.