default_image

6 years ago

November 4, 2017

शिवम् न्यू डायमण्ड र एभरेष्टल फाइनलमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यू डायमण्ड एकेडेमी र रुपन्देहीको एभरेष्ट स्कुल प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधिका लागि भिड्ने भएका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् सेन्टरको खेल मैदानमा शनिबार भएको महिलातर्फको पहिलो सेमिफाइनल खेलमा नैकापको शिवम् न्यू डायमण्ड एकेडेमीले काठमाडौंको प्यारामाउण्ट स्कुलमाथि ३–० को सहज जित निकाल्यो । […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यू डायमण्ड एकेडेमी र रुपन्देहीको एभरेष्ट स्कुल प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधिका लागि भिड्ने भएका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् सेन्टरको खेल मैदानमा शनिबार भएको महिलातर्फको पहिलो सेमिफाइनल खेलमा नैकापको शिवम् न्यू डायमण्ड एकेडेमीले काठमाडौंको प्यारामाउण्ट स्कुलमाथि ३–० को सहज जित निकाल्यो । शिवम् न्यु डायमण्डकी कृपा अधिकारी ‘वुमन अफ द म्याच’ भएको खेलमा प्यारामाउण्टलाई २५–७, २५–१७ र २५–६ को सोझो सेटमा हराउँदै न्यू डायमण्ड उपाधि नजिक पुगेको हो ।

महिलाकै दोस्रो सेमिफाइनलमा बुटवलको एभरेष्ट बोर्डिङ स्कुलले पोखराको टप्स माविलाई ३–० को सोझो सेटमा हराउँदै शिवम् न्यू डायमण्डसँग फाइनलमा भेट पक्का गरेको हो । पुनम चन्द ‘वुमन अफ द म्याच’ भएको यस खेलमा एभरेष्टले टप्सलाई २५–१३, २५–१९ र २५–१६ को सोझो सेटमा स्तब्ध बनायो ।

शुक्रबार क्वाटरफाइनलमा टप्सलाई हराउँदै सेमिफाइनल पुगेको ढोरपाटन स्पोर्टस् क्लबमाथि टप्स माविले लगाएको प्रोटेस्ट सफल भएपछि टप्सले सेमिफाइनल खेल्ने अवसर पाएको थियो ।

यस्तै पुरुषतर्फको उपाधिको लागि काठमाडौंको न्युटन हाइ स्कुल र सेक्रेट हार्टले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुषतर्फको पहिलो सेमिफाइनलमा बालुवाटरको न्युटन हाईस्कुलले कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीमाथि ३–० को सहज जित निकाल्यो । लिटिल बुद्धलाई २५–१७, २५–१६ र २५–१८ को सोझो सेटमा हराउँदै न्युटनले फाइनलको यात्रा तय गरेको हो ।

पुरुषतर्फको दोस्रो सेमिफाइनलमा बालाजुको सेक्रेटहार्ट एकेडेमीले नुवाकोटको बुङताङ भलिबल संघलाई ४–१ को सेटमा हरायो । सेक्रेटहार्टले बुुङताङलाई २३–२५, २५–२२,२५–१८ र २५–२१ को सेटमा हराउँदै न्युटनसँग उपाधि भिडन्त पक्का गरेको हो ।

निजी तथा आवसीय विद्यालय संगठन (प्याब्सन) को मुख्य प्रायोजन र नेपाल विद्यालय भलिबल कमिसनको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेता टोलीले नगद १ लाख प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ६० हजार, तेस्रो हुने टोलीलेले ३५ हजार तथा उत्कृष्ट विधाका विजेताले नगद ५ हजार सहित उत्कृष्ट अवार्ड पनि हात पार्नेछन् । प्रतियोगिता कात्तिक १९ गतेसम्म सञ्चालन हुनेछ ।

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

Success

Thank you for your time.