8 years ago
November 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबल टोलीका पूर्व खेलाडी नवीन गुरुङको अध्यक्षतामा १३ सदस्यीय नेपाल भलिबल संघ जापान सम्पर्क समिति गठन भएको छ । जापान समितिको अध्यक्षमा चयन भएका आज नेपाल भलिबल संघका केन्द्रिय अध्यक्ष मनोरन्जन रमण शर्माले बिहबिार राजधानीमा मनोनयनको प्रमाण पत्र प्रदान गरे ।
संघको बिधान अनुसार जापान तदर्थ समिति गठन भएको संघका महासचिव जितेन्द्रबहादुर चन्ले जानकारी दिए । समितिको वरिष्ठ उपाध्यक्ष लोकेश खत्री,उपाध्यक्षमा मदन साउद,महासचिव मुक्ती सुवेदी,सचिवमा बविन थापा र कोषाध्यक्षमा दिपेश खत्री छन् । भिक्टोर ठाडा मगर,हितु थापा,महेन्द्र साहानी,राम मल्ल,राम लामिछाने,कमल थापा र प्रकाश चन्द जोशी सदस्य छन् ।
अध्यक्ष गुरुङले राजु बस्नेत,जिवन खड्का र कमला काप्री र कविता लामिछाने लाई सदस्यमा मनोनयन गरेका बताइएको छ । कार्यक्रममा अध्यक्ष गुरुङले संघका अध्यक्ष शर्मालाई ४० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छन् । गुरुङले नेपाल बंगलादेश मैत्रिपूर्ण भबिल खेलका लागि ५० हजार रुपैयाँ सहयोग गरेको कार्यक्रममा जानकारी दिएको थियो ।
महासचिव चन्दले विदेशमा रहेका नेपालीको सक्रियतामा साउदी, अस्ट्रेलियालगायत ७ देशमा समिति गठन भएको छ । विदेशीमा यसरी समिति गठन गरि क्रियाशिल हुँदा नेपालको भलिबलमा विकास पुग्ने आशा संघले राखेको चन्दले बताए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]