8 years ago
December 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – निजी कलेज तथा विद्यालयहरुको छाता संस्था हिसान कास्कीले पुष ८ गते पुष ११ गते सम्म पोखरा रंगशालामा ११ औं स्पोर्टस मिट आयोजना गर्ने भएको छ ।
हिसान कास्कीका अध्यक्ष रामजी शर्माले स्पोर्टस मिटको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिदैं हिसान कास्कीमा आवद्ध ६० विद्यालयहरुको सहभागीता रहने बताए ।
स्पोर्टस मिटमा ५ वटा इभेन्टहरु – छात्र/छात्रा भलिबल, छात्र/छात्रा बास्केटबल र टेबल टेनिस छात्र/छात्रा सिंगल्स, छात्र/छात्रा मिक्स डबल्सका खेलहरुमा करिब २ हजार विद्यार्थीहरु प्रतिष्पर्धा गर्ने उनले जानकारी दिए ।
अध्यक्ष शर्माले हिसान कास्कीले स्पोर्टस मिटको निरन्तरता दिनुको मुख्य उद्धेश्य आफ्ना कलेज तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलमा प्रतिस्पर्धाको अवसर प्रदान गर्दै उनीहरुका बीचमा आपसी मित्रता बढाउनु रहेको बताए ।
प्रतियोगिता सम्पन्न गर्न १२ वटा उपसमितीहरु गठन गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव ९ लाख खर्च लाग्ने अध्यक्ष रामजी शर्माले जानकारी गराए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]