8 years ago
February 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको प्रतिष्ठित प्रतियोगिता प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलले मिस नेपाल निकिता चन्डकलाई सद्भावना दुत अनुबन्धित गरेको छ ।
मिस नेपाल वर्ल्ड निकिता चन्डक प्रधानमन्त्री कपको पाँचौं संस्करणमा सद्भावना दुत नियुक्त भएकी हुन् । प्रधानमन्त्री कप आयोजक बाँके जिल्ला भलिबल संघले मिस नेपाल आयोजक हिडन ट्रेजरसँग सहकार्य गर्ने सिलसिलामा सद्भावना दुतसम्बन्धी सम्झौता गरेको छ । बाँके भलिबल संघका अध्यक्ष टीएस ठकुरी र हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
‘नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्धनमा हामीले गरेको प्रस्तावमा हिडन ट्रेजर टिमले सहर्ष स्वीकार गर्नुभयो, यसप्रति हामी आभार प्रकट गर्दछौं ।’ बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले भने, ‘महिला सशक्तीकरणमा प्रभावकारी भुमिका निर्वाह गर्दै आएको हिडन ट्रेजर र प्रधानमन्त्री कपले पनि महिला सशक्तीकरणमा काम गर्दै आएकोमा हाम्रो उद्देश्य मिल्न गयो, र सहकार्य साझेदारी गर्दै अघि बढ्ने सोच बनाएका हौं ।’
प्रधानमन्त्री कपका हरेक संस्करणमा मिस नेपाल नै सद्भावना दुत हुने बाँके जिल्ला भलिबल संघले जनाएको छ । सद्भावना दुत नियुक्त भइसकेपछि मिस नेपालले राष्ट्रिय खेल तथा प्रधानमन्त्री कपको प्रवर्दन गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री कपको उद्घाटनदेखि समापनसम्म मिस नेपाल उपस्थित रहने आयोजकले जनाएको छ ।
पाँचौ संस्करणका लागी सद्भावना दुतको रुपमा अनुबन्धित भएकी निकिताले प्रधानमन्त्री कपको प्रचा प्रसार र महत्वलाई बढाउन सहयोग गर्ने आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए । प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल फागुन पहिलो साता नेपालगन्जमा सञ्चालन हुँदैछ । पाँचौ संस्करणमा तीन देशका टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
लिगकम नकआउटका आधारमा फागुन ३ देखी ७ गते सम्म हुने प्रतियोगितामा आयोजक टिमसँगै नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल टिम पोखरा, देहरादुन(भारत) र बंगलादेशी क्लबले खेल्नेछन् । प्रतियोगिताको विजेताले २ लाख रुपैया, उपविजेताले १ लाख र तेस्रोले ५० हजार रुपैया पुरस्कार पाउनेछन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]