8 years ago
March 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्याण्डमा हुने यू–१९ पुरुष बिच भलिबल च्याम्पियनसिपका लागि नेपाली यू–१९ टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।
नेपाल विद्यालय भलिबल कमिसनले मंगलबार एक कार्यक्रम गर्दै थाइल्याण्ड जाने दुई खेलाडी अशोक सुनार र प्रकास केसी तथा प्रशिक्षक जगदिश भट्टलाई बिदाई गरेको हो । खेलाडी र प्रशिक्षकलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, विद्यालय कमिसनका अध्यक्ष राम केसी, सचिव लोकेन्द्र खड्कालगायतले बिदाई गरे ।
त्रिच भलिबल च्याम्पियनसिप यही मार्च २३ देखि २५ मार्चसम्म थाइल्यान्डको नखन पाथेममा हुनेछ । च्यामिपयनसिपमा नेपालसहित थाइल्याण्ड, इरान, भियतनाम, श्रीलंका र कम्बोडियालगायत देशको सहभागिता रहनेछ ।
प्रतियोगितामा उत्कृष्ट ५ टोली अर्जेन्टिनामा आगमी वर्ष हुने युथ ओलम्पिक गेम्समा छनोट हुनेछन् । नेपाली टोलीलाई संघका अध्यक्ष शर्माले नेपाली राष्ट्रिय टिमको भविष्य भएकाले उत्कृष्ट प्रदर्शन गर्दै सफलता हात पार्न शुभकामना दिए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]