default_image

8 years ago

March 30, 2018

राष्ट्रिय खुला महिला भलिबल वैशाखमा

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको खुल्ला महिला भलिबल प्रतियोगिता वैशाख अन्तिम साता हुने भएको छ ।

आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चौथो संस्करणको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता वैशाख २१ देखि २५ सम्म हुने जानकारी गराएको हो ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलमा हुनेछ । प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन नेपाल एपिएफ क्लब, उपविजेता शिवम् न्यु डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल भलिबल टिम र जावलाखेल भलिबल ट्रेनिङ सेन्टरको सहभागिता रहने छ । प्रतियोगितामा सहभागिता जनाएका टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा खेल खेलाइने आयोजकले जनाएको छ ।

पाँच दिनसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा विधागततर्फका उत्कृष्ट ब्लकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट लिबेरो तथा उत्कृष्ट प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको समापनका अवसरमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले एक खेलाडीलाई १० हजार नगद सहित ‘शेरबहादुर खड्का स्पेशल अवार्ड’ बाट पनि सम्मालित गर्नेछ । स्पेशल अवार्ड विजेता र सर्वोत्कृष्ट खेलाडीले सुलक्सबाट प्रायोजन गरिएको ३० हजार रुपैंया मुल्यको टिसर्ट र घडी प्राप्त गर्नेछन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.