8 years ago
May 14, 2018
रोल्पा (हाम्रो खेलकुद) – रोल्पामा जारी प्रथम सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागी टिमले दवदवा कायम गरेका छन् ।

फाइल तस्बिर
सोमबार सेमिफाइनल समिकरण पूरा हुदा महिला र पुरुषतर्फ तीनै विभागीय टोलीले अन्तिम चारमा स्थान बनाए । महिला तर्फ प्रदेश नम्वर ५ र पुरुषतर्फ प्रदेश नम्वर ४ सेमिफाइनल पुग्ने टोली बने ।
लिवाङमा सोमवार भएको महिलातर्फको क्वाटरफाईनल खेलमा उपाधिको दावेदार एपिएफले प्रदेश ६ माथि २५–२, २५–१२ र २५–१३ को सहज जित निकाल्यो । अर्काे विभागिय नेपाल पुलिस क्लबले प्रदेश नम्वर १ लाई २५–१२, २५–६ र २५–११ को सेटमा तथा आर्मीले प्रदेश नम्वर २ माथि २५–९, २५–९ र २५–८ को सेटमा हराउदै सेमिफाइनलमा पुग्न सफल भए । प्रदेश नम्वर ५ ले प्रदेश नम्वर ३ माथि २५–१०, २५–१३ र २५–६ को सहज जित निकाल्यो । सेमिफाइनलमा एपीएफले प्रदेश नम्वर ५ को तथा पुलिसले आर्मीको सामना गर्नेछ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगिताको पुरुषतर्फ तीन विभागिय टिम आर्मी, पुलिस, एपिएफ र प्रदेश नम्वर ४ सेमिफाईनलमा प्रबेश गरे ।
आर्मीले प्रदेश नम्वर २ माथि २५–११, २३–२५, २५–१० र २५–१६ को जित निकाल्दा प्रदेश नम्वर ४ ले प्रदेश नम्वर १ लाई २५–१६, २६–२४ र २५–१३ को सेटमा पन्छायो । यस्तै नेपाल पुलिस क्लबले प्रदेश नम्वर ६ लाई २५–१४, २५–१९ र २५–१७ को सोझो सेटमा हरायो । एपिएफले प्रदेश ५ माथि ३–२ को कठिन जित नकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो ।
पहिलो सेट २१–२५ ले गुमाएको एपिएफले दोश्रो सेट २५–१४ ले जितेको थियो । तेश्रो सेटमा २३–२५ ले पछि परेपनि एपिएफले चौथो र पाँचौ सेट लगतार २५–२२ र १५–८ ले आफ्नो नाममा लेखायो । सेमिफाईनलमा एपिएफले पुलिस तथा आर्मीले प्रदेश नम्वर ४ सँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]