default_image

8 years ago

May 22, 2018

अन्तर विद्यालय प्रतियोगितामा शिवम् न्यु डायमण्ड च्याम्पियन

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड एकेडेमी प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय खुल्ला छात्रा भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

newd win

नैकापस्थित न्यु डायमण्ड एकेडेमीको कोर्टमा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा डायमण्डले पारामाउन्ट स्कुलमाथि ३–२ को सेटमा जत निकाल्दै च्याम्पियन बनेको हो ।
डायमण्ड पहिलो सेटमा २०–२५ ले पछि परेको थियो । तर, त्यसपछिको बाँकी दुई सेट लगातार आफ्नो पक्षमा पार्दै डायमण्ड उपाधिको बाटोमा पुगेको थियो । डायमण्डले २५–१९ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा पनि डायमण्डले अग्रता बनाएर पनि २८–२६ ले पछि परेको थियो । निर्णायक सेट डायमण्डले १५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

उपाधिसँगै डायमण्डले ४५ हजार रुपैया प्राप्त गर्न सफल भयो । उपविजेता बनेको पारामाउन्टले २५ हजार रुपैया प्राप्त गर्यो । तेस्रो भएको विजेश्वरी ज्ञान मन्दिरले १५ हजार र चौथो भएको थ्री स्टार एकेडेमीले १० हजार रुपैया प्राप्त गर्न सफल भयो । न्यु डायमण्डकी वालमिका आचार्य प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले १ हजार ५ सय रुपैया प्राप्त गरिन् । डायमण्डकी अनिशा सुनुवार उत्कृष्ट सेटर र रस्मिता दुरा उत्कृष्ट सर्भर घोषित भए । पारामाउन्टका सृष्टि खड्गी उत्कृष्ट स्पाइकर र सम्पदा श्रेष्ठ उत्कृष्ट डिफेन्स घोषित भईन् । न्यु डायमण्डका प्रशिक्षक कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान १ हजार रुपैया पाए । पारामाउन्टकी सृष्टि खड्गीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्केले प्रोत्साहन स्वरुप थप २ हजार प्रदान गरेकी थिईन् ।

विजयी टिम तथा खेलाडीहरुलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठलगायतले पुरस्कृत गरिन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको चन्द्रागिरी नगर कमिटिको आयोजनामा भएको प्रतियोगिता बैशाख ५ गतेबाट शुरु भएको थियो । १० टिम सहभागी प्रतियोगिता लिग कम नकआउटको आधारमा भएको थियो ।

यसैबीच नेपाल भलिबल संघले भलिबल नेपालको राष्ट्रिय खेल भएको एक वर्ष पुरा भएको अवसरमा भलिबल दिवस मनाएको छ । न्यु डायमण्ड एकेडेमीको प्राङ्गणबाट संघका अध्यक्ष मनोरन्जन रमण शर्माले बेलुन उडाएर भलिबल नेपालको राष्ट्रिय खेल भएको खुशीयाली मनाएका थिए ।

celebration new diamond

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.