default_image

मार्सल आर्टस्

May 12, 2023

नवौ सगरमाथा अन्तर्राष्ट्रिय कराते जेठ दोश्रो सातादेखि

काठमाडौं (हाम्रो खेलकुद) – शाखा डोजो नक्सालको २४औं बार्षिकोत्सवको अवसरमा आगामी जेठ दोश्रो सातादेखि नवौ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सन्चालन हुने भएको छ । नेपाल कराते महासंघको तत्वाधन तथा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार हुने प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका, भुटान र ईजरायलका खेलाडीहरुले सहभागिता रहने छ । प्रतियोगितामा पुरुष […]

May 12, 2023

बागमती प्रदेशस्तरीय तेक्वान्दो सुरु

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोश्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजकले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकमा उत्तीर्ण हुन सफल गौरव रजकका साथै तेक्वान्दोका जीवन लिम्बूलाई सम्मान गरेको थियो […]

May 11, 2023

अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दो दक्षिण कोरियामा हुने

काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटिसी) को १४औँ संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ । कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा सोलमा हुने सो प्रतियोगिता सन् २०२४ को अगस्ट महिनामा हुनेछ । गत मार्चमा आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जन तथा महासचिव केरेन ब्लाकलेजले दक्षिण कोरियाको सोल शहरलाई आयोजनाको जिम्मेवारी […]

May 10, 2023

गुरुङ र मगर इङल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – भुपेन्द्र गुरुङ र उद्धव थापा मगर सेल्फ डिफेन्स कोर्स तथा सेमिनारमा सहभागी हुन बुधबार इङल्यान्ड प्रस्थान गरेका छन् । सेमिनार मे १३ र १४ तारिखमा इङल्यान्डको ब्रिडलिङटनमा हुनेछ । सेमिनारमा विभिन्न २७ राष्ट्रका ग्रान्ड मास्टर्सको सहभागिता रहने गुरुङले जानकारी गराए । भुपेन्द्र नेपाल उमा कुङफु संघका महासचिव हुन् भने मगर सोही […]

May 9, 2023

वादोरियो कराते टोली मलेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – १९औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली वादोरियो कराते टोली बुधबार मलेसिया प्रस्थान गर्दैछ । मे १२ देखि १४ तारिखसम्म हुने प्रतियोगिताको पुरुष २५ केजीमा देवकुमार शाह, प्रशेस शाही र आरोन शेरचन, ३० केजीमा संगम कँडेल र सुशान्त खड्का तथा ३५ केजीमा […]

May 8, 2023

मन्देकाजी अस्ट्रेलियामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णपदक विजेता कराते खेलाडी तथा प्रशिक्षक मन्देकाजी श्रेष्ठ अस्ट्रेलियामा सम्मानित भएका छन् । मन्देकाजीलाई एनआरएन अस्ट्रेलियाले सात सय अस्ट्रेलियन डलरसहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा एआरएन ओसियन संयोजक दिनेशराज जोशी, एनआरएन स्पोर्टस एकेडेमीका सहअध्यक्ष डा‍‍‍. राजु मानन्धर, एनआरएन आइसिसी मिडिया उपसंयोजक हेमन्त काफ्ले, जन […]

May 7, 2023

अष्ट्रेलियन ओपनमा दिवसलाई स्वर्ण

अस्ट्रेलिया । अष्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका दिवश श्रेष्ठले स्वर्ण पदक जितेका छन् । उनले ८४ केजीमाथिको तौल समूहमा नेपालाई स्वर्ण दिलाएका हुन् । दिवसले फाइनलमा न्यु क्यालेडोनियाका फ्लोरेन्टलाई हराउँदै स्वर्ण जितेका हुन् । दिवसले घरेलु भुमीमा सन् २०१९ मा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजतपदक जितेका थिए । यस्तै नेपालले थप चार […]

May 6, 2023

विनय र मन्जुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – विनय सिंह र मन्जु विकले २१औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा विनय तथा महिलामा मन्जु पहिलो भएका हुन् । दुवै नेपाल आर्मीका खेलाडी हुन् । नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा भएको प्रतियोगिताको […]

May 6, 2023

नेप्लिज तेक्वान्दो च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ८ स्वर्ण, ७ रजत र १ कांस्य जित्दै एनटीए समग्रमा एनटीए टिम च्याम्पियन बन्यो । श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ४ कांस्यसाथ चन्द्रागिरी दोश्रो भयो । […]

May 6, 2023

आयुश र विना सर्वोत्कृष्ट, भृकुटी डोजो टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – भृकुटी डोजोका आयुश थापा र अरनिको माध्यमिक विद्यालयकी विना तामाङ प्रथम मेयर कप उमा खुला कराते च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । काठमाडौंमा आयोजित दुई दिने प्रतियोगितामा पुरुषतर्फ ४० केजीमूनि तौलसमूहको फाइनलमा आयुशले बालवाटिका डोजोका सोहन तामाङलाई पराजित गरे । यो स्पर्धामा तोयोकान वादोरियोका निशान तामाङ र सरस्वती डोजोकी रोशन राईले […]

Success

Thank you for your time.