default_image

मार्सल आर्टस्

May 29, 2023

ओलम्पियन निशा लेभल टु प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन निशा रावलले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्दै आएकी निशाले वल्र्ड तेक्वान्दोले गत मे १९ मा सञ्चालन गरेको ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी हुन् । उनले यसअघि गत फेब्रुअरी ६ मा ‘लेभल वान कोचेज’ कोर्स उत्तीर्ण गरेकी थिइन् । तेक्वान्दोकी चौथो डान […]

May 25, 2023

जुडोमा ललितपुर अब्बल

काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो बागमती प्रदेश खेलकुदको जुडोमा ललितपुर टिम च्याम्पियन बनेको छ । काठमाडौंको खुशीबुँस्थित बहुद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगितामा ललितपुर ४ स्वर्ण, ३ रजत र २ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । काभ्रे ३ स्वर्ण, १ रजत र १ कांस्यसाथ दोश्रो भयो । २ स्वर्ण, १ रजत र १ कांस्यसहित नुवाकोट […]

May 25, 2023

अन्तर्राष्ट्रिय आमन्त्रण करातेमा नेपालीलाई १० स्वर्ण

बिर्तामोड (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनसिप २०२३ मा नेपाली खेलाडीले १० स्वर्णसहित १५ पदक जितेको छ । अखिल भारत सितेरियो कराते महासंघको आयोजनामा भएको च्याम्पियनसिप नेपालबाट झापा, इलाम र काठमाडौंका खेलाडी सहभागी थिए । च्याम्पियनसिपमा झापाका खेलाडीले सात स्वर्ण, तीन रजत, इलामका खेलाडीले एक स्वर्ण र काठमाडौकाले दुई स्वर्ण […]

May 24, 2023

काजललाई २ लाख सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एशियाली खेलकुद (साग) की स्वर्णपदक विजेता तेक्वान्दो खेलाडी काजल श्रेष्ठलाई नगद २ लाख प्रदान गरिएको छ । सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष एवम् खेलकुद प्रेमी राजु लामाले गाउँपालिकाको तर्फबाट बुधबार नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयमा काजल श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । सोही अवसरमा सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो […]

May 23, 2023

सन्दीपा लेभल टु प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्दीपा अमगाईंले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षकसमेत रहेकी सन्दीपाले वल्र्ड तेक्वान्दोले मे १५ देखि २१ सम्म सञ्चालन गरेको ‘लेभल टु कोचेज’ उत्तीर्ण गरेकी हुन् । सन् २००८ देखि तेक्वान्दोमा समर्पित रहँदै आउकी सन्दीपाले यसअघि गत अगष्टमा ‘लेभल वान कोचेज’ […]

May 21, 2023

चन्द्रागिरी टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी डोजोले प्रथम गोकणेश्वर उप मेयर कप महिला कराते प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरीले ३ स्वर्ण, २ रजत र ४ कांस्य जित्यो । शंखडोल कराते एकेडेमीद्वारा आयोजित प्रतियोगितामा २ स्वर्णसाथ च्याम्पियन मार्सल आर्ट्स दोश्रो भयो । तेश्रो स्थानको बौद्ध डोजोले १ स्वर्ण र १ रजत हात पा¥यो । गोकणेश्वर नगरपालिकाको […]

May 19, 2023

पदक विजेता वादोरियो कराते टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा भएको १९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगिताका पदक विजेता नेपाली वादोरियो कराते टोली शुक्रबार स्वदेश फर्किएको छ । मे १२ देखि १४ तारिखसम्म भएको प्रतियोगितामा १० खेलाडीले सहभागिता जनाएकोमा सबैले पदक जिते । नेपालले ७ स्वर्ण, १ रजत र २ कांस्य पदक जितेको नेपाल वादोरियो कराते […]

May 18, 2023

उपमेयर कप महिला कराते शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – शंखडोल कराते एकेडेमीको आयोजनामा प्रथम गोकणेश्वर उप मेयर कप महिला कराते प्रतियोगिता शनिबार हुने भएको छ । ‘महिला हिंसा तथा दुव्र्यसनी विरुद्ध कराते’ अभियानअन्तर्गत हुन लागेको प्रतियोगितामा १ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारन्जितले जनाएका छन् । गोकणेश्वर नगरपालिकाको सहयोगमा हुन लागेको […]

May 15, 2023

एभरेष्ट तेक्वान्दोको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको बाल्टिमोरमा रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको तत्वावधानमा ६ जेठदेखि शुरु हुने प्रथम एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिताका निर्देशक तथा एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो स्कुलका सञ्चालक कुमार कार्कीले प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् । एक दिने प्रतियोगितामा ग्योरोगी र पुम्सेका प्रतिस्पर्धा हुनेछ […]

May 14, 2023

सृजना र कविराज नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी सृजना घिसिङ र प्रशिक्षक कविराज नेगी लामा आइतबार नगदसहित सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघले नव नियुक्त युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुलाई स्वागत तथा शुभकामना कार्यक्रमको अवसरमा पारा खेलाडी सृजना र प्रशिक्षक कविराजलाई नगदसहित सम्मानित गरेको हो । संघले खेलाडी सृजनालाई १ लाख रुपैया र […]

Success

Thank you for your time.