2 years ago
July 16, 2023
दिपक बोहोरा, पाँचथर
पाँचथरमा जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । पाँचथरको फिदिममा शनिबारको भेलालले सुमन लामाको अध्क्षतामा ११ सदस्यीय जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ ।

योसँगै नेपाल क्रिकेट संघ (क्यान) को जिल्ला सदस्यता प्राप्तको लागि पाँचथरलाई पनि बाटो खुलेको छ । जिल्ला खेलकुद विकास समितिका सन्तोष मोक्तानको अध्यक्षतामा अध्यक्षतामा बसेको बैठकले ११ सदस्य तदर्थ समिति गठन भएको थियो ।
समितिको उपाध्यक्षमा रबिन तिम्सिना, सचिवमा ज्ञानेन्द्र तामाङ र कोषाअध्क्षमामा वर्षा राई छन् । त्यस्तै सदस्यहरुमा दिनेश तिम्सिना,सुजन ओझा, माया कामी, गोमा पोखरेल, पुनम पुर्कुटि,डिक शिलवाल,शैलेन्द्र पन्दाधक, गणेश घिमिरे छन् ।
भेलामा झण्डै ८० जनाको सहभागिता थियो । लामा जिल्लामा लामो समय देखि खेलकुद विकासमा सक्रिय रहँदै आएका छन् । जिल्ला समितिलाई क्यानबाट मान्यता दिलाउन आफ्नो प्रयास रहने लामाले बताए । पाँचथरमा ७ गाउँपालिका र १ नगरपालिका छ ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]