2 years ago
July 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हान्जाउमा हुने १९ औं एसियाली खेलकुद (एसियाड) का लागि स्पाइकर प्रतिभा मालीले राष्ट्रिय महिला भलिबल टोलीमा पूनरागमन गरेकी छिन् । उनीसँगै काभा महिला च्यालेन्ज कपमा टोलीमा नरहेकी जानकी भण्डारी पनि राष्ट्रिय टोलीमा फर्किएकी छिन् ।

काभा च्यालेन्ज कपमा टोलीमा रहेका ४ खेलाडी भने एसियाड टोलीमा परेनन् । जसमा शान्तिकला तामाङ, पुजा चौधरी, रिमा कँुवर र प्रगति नाथ छन् । काभाको दौरान प्रतिभा नियमित फिजियो गराइरहेका कारण टोली थिइनन् । त्यसअघि उनको घँुडाको शल्यक्रिया गरिएको थियो । उनले असार ३० गते सम्म पिएम कप राष्ट्रिय क्लब लिग भलिबलमार्फत खेलमा पूनरागमन गरेकी थिइन् ।
काभामा रहेका १० खेलाडी भने एसियाड टोलीमा छन् । जसमा कप्तान अरुणा शाही, सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, उषा भण्डारी, संगम महतो, पुनम चन्द, कामना विष्ट र कविता भट्ट छन् । एसियाडका १२ सहित पुजा चौधरी पनि प्रशिक्षणमा भने सामेल छिन् ।

काभा च्यालेन्ज कपपछि स्वदेश फर्केका राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक यान डे ब्रान्ट नेपाल फर्केर प्रशिक्षणमा जुटिसकेका छन् ।
एसियाडका लागि महिला राष्ट्रिय भलिबल टोली
सेटर – अरुणा शाही र जानकी भण्डारी
मिडल ब्लकर – सफिया पुन, संगम महतो र कविता भट्ट
लिबेरो – सलिना श्रेष्ठ
स्पाइकर – सरस्वती चौधरी, प्रतिभा माली, निरुता ठगुन्ना, उषा भण्डारी, पुनम चन्द र कामना विष्ट
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]