default_image

2 years ago

August 23, 2023

एसियाली शारीरिक सुगठन अर्को साता सुरु हुने

356 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली शारीरिक सुगठन तथा फिजिकस स्पोर्टस् प्रतियोगिताको ५५ औं संस्करण अर्को साता काठमाडौंमा सुरु हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजनामा प्रतियोगिता भदौं १५ गते काठमाडौंमा सुरु हुने महासंघले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

शारीरिक सुगठनको नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो प्रतियोगिता रहेको बताइएको छ । एसियाका २५ राष्ट्रका झण्डै ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ । दरवारमार्गस्थित याक एण्ड यती होटलमा पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरि ४५ विधामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

७ दिन सम्म चल्ने प्रतियोगिताको पहिलो दिन खेलाडी तथा अफिसियलहरु काठमाण्डौ आईपुग्नेछन् । दोश्रो दिन मेनेजर्स मिटिङ्ग, निर्णायक मिटिङ्ग, डोपिङ्ग सेमिनार तथा एसियाली कंग्रेसको आयोजना हुने बताइएको छ । तेश्रो दिन भदैं १७ गते खेलाडीहरुको तौल तथा हाईट मेजरमेन्ट र उमेर समूहको जाँच हुनेछ ।

चौथो दिन भदौ १८ गते प्रतियोगिताको उद्घाटनका साथै १६ वटा विधामा प्रतिस्पर्धा हुने छ । जसमा पहिलो दिन नेपाली १४ खेलाडीहरुले ८ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । भदौ १९ गते २० वटा विधामा प्रतिस्पर्धा हुने र २४ नेपाली खेलाडीहरुले १७ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । भदौं २० गते ९ वटा विधामा प्रतिस्पर्धा हुने र ५ जना नेपाली खेलाडीहरुले ४ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक दिनको खेल पश्चात नतिजा प्रकाशन हुने बताइएको छ । प्रतियोगिताको अन्तिम दिन शारीरिक सुगठन तर्फको ५५, ६०, ६५, ७०, ७५, ८०, ८५, ९०, १०० र ११० केजी गरि १० समूहका प्रथम स्थान प्राप्त गर्ने खेलाडीहरुविच प्रतिस्पर्धा गराई सर्वोत्कृष्ट हुने खेलाडीलाई मि. एशिया २०२३ घोषित गरिने छ । त्यस्तै सम्पूर्ण प्रतिस्पर्धाबाट मेडलका आधारमा शिर्ष तीन स्थान प्राप्त गर्ने ३ देशलाई च्याम्पियनसिपको प्रथम, द्वितीय र तृतीय घोषित गरिने छ ।

मनकामना केवल कारको प्रमुख प्रायोजनमा हुने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल टुरिजम बोर्ड, एभरेष्ट बैंक, नेपाल ईन्भेष्टमेन्ट मेघा बैंक, महालक्ष्मी विकास बैंक, पञ्चकन्या ग्रुप, केटिएम सिटी, सिद्धार्थ प्रिमियम इन्सुरेन्स, सरगमाथा लुम्बिनी इन्सुरेन्स, शिखर इन्सुरेन्स, सिएफएस रेमिटको विशेष सहयोग रहने आयोजकले जनाएका छन् ।

प्रतियोगिताको आधिकारीक होटलमा याक एण्ड यती र र्याडिसन होटल रहेको छ भने प्रतियोगिताको काष्टमण्डप टेलिभिजन र मेरो फिटनेशले फेसबुक लाईभ गर्नेछन् । प्रतियोगिताको इभेन्ट म्यानेजमेन्टमा फुनोलोजिक सोलुसन रहेको छ ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.