2 years ago
February 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली भलिबल संघ (एनभिए) का अध्यक्ष जीतेन्द्रबहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को उपाध्यक्षमा निर्वाचित भएका छन् ।
थाइल्याण्डमा भएको काभाको साधारणसभाले चन्दलाई २०२४ देखि २०२८ काभा दक्षिण एसियाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएको एनभिएले जनाएको छ ।
चन्दले आफुले काभामा दोहोरो जिम्मेवारी पाएको जानकारी दिए । २१ सदस्यीय कार्यसमितिमा चन्द दक्षिण एसियाको उपाध्यक्ष र कोषाध्यक्षमा निरन्तरता पाएका छन्। चन्द यसअघि पनि काभाको कोषाध्यक्ष थिए। माल्दिभ्सका मोहम्मद लतिफ काभा अध्यक्षमा पुन: निर्वाचित भएका छन्।
चन्द र महासचिव रोशन श्रेष्ठ काभाको साधारण सभामा भाग लिन थाइल्याण्ड पुगेका छन् । दुई कार्यकाल महासचिव रहिसकेका चन्द गत वर्ष एनभिएको अध्यक्ष निर्वाचित भएका थिए।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]