default_image

2 years ago

March 4, 2024

एनएनआइपिए स्पोर्टस अवार्ड अर्को महिना

1024 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अवार्ड अर्को महिना आयोजना हुने भएको छ। अवार्डको १८ औं संस्करण चैत १२ गते आयोजना हुने नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो।

गत वर्ष गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ खेलहरुलाई आधारमा सम्बन्धित संघले सिफारिस गरिएका खेलाडीहरुलाई वर्ष उत्कृष्ट खेलाडी-२०७९ बाट अवार्ड प्रदान गरिने एनएनआइपिएका‌ सदस्य र अवार्डका संयोजक पुरुषोत्तम बज्राचार्यले जानकारी गराए।

विगतका केही वर्षदेखि यो कार्यक्रम उपत्यकाका काठमाण्डौ, ललितपुर तथा भक्तपुर लगायतका विभिन्न ऐतिहासिक, सांस्कृितिक सहरहरुमा आयोजना गर्दै आइरहेकोमा एनएनआइपिएले यसपटक अवार्ड ललितपुरमा आयोजना गर्ने जानकारी दिइयो ।

३६ खेल मध्येका उत्कृष्ट खेलाडीले अवार्डसहित जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीहरु मध्येबाट एक महिला र एक पुरुषलाई सर्वोकृष्ट घोषित गर्दै १ लाख रुपैयाँ दिइनेछ। त्यस्तै एक महिला र एक पुरुषलाई प्रतिभाशाली खेलाडी सम्मान सम्मान गरिने बताइएको छ। उनीहरू ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

एकजना पाका खेल व्यक्तिलाई गजराज आर्दश खेल व्यक्तित्वबाट र एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट सम्मानित ३५ हजार रुपैयाँ पाउनेछन्। एक जना वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान हुनेछन् र उनले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

एनएनआइपिए अवार्डबाट सम्मानित हुने ३६ खेलमा फुटबल,साइक्लिङ्ग, भलिबल ,एथलेटिक्स, फेन्सिङ्, तेक्वाण्डो,ह्याण्डबल,जिम्नाष्टिक,लन टेनिस,गल्फ,हक्की, सफट टेनिस, उसु,स्वीमिङ्ग, स्क्वास,भारोत्तोलन,ट्रायोथोलन, क्रिकेट,सुटिङ्ग,आई. टी. एफ. तेक्वाण्डो,फूल कन्ट्याक्ट करातेका खेलाडी छन् ।

त्यस्तै जुडो , कुस्ती,रग्बी,व्याडमिन्टन,बास्केटबल,आर्चरी,कबड्डी,टेबल टेनिस,कराते,शारीरिक सुगठन,खो खो, पाराग्लाइडिङ्ग,बक्सिङ्ग,बुद्धिचाल, सेपाकटाक्रोका खेलाडी एनएनआइपिए अवार्डबाट सम्मानित हुनेछन् ।

अवार्डमा झन्डै २२ लाख रुपैयाँ खर्च हुने एनएनआइपिएका महासचिव शिव सुन्दर गोथेले बताए। केहि दिनमा अवार्डको प्रायोजकरुको‌ टुंगो लाग्ने सचिव मन्देकाजी श्रेष्ठले बताए । अवार्ड आयोजनाले खेलाडीको हौसला बढ्ने र उच्च प्रर्दशनका‌ लागि हौसल मिल्ने विश्वास लिइएको उपाध्यक्ष आयशा शाक्यले बताइन् ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.