default_image

1 year ago

August 19, 2024

एनपिएलको लोगो र मिति सार्वजनिक

1041 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो अनावरण भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले महत्वकांक्षाका साथ सुरु गर्न लागेको एनपिएलको नयाँ मिति समेत तय भएको छ ।

क्यानले सोमवार सेलिब्रेसन अफ क्रिकेट‌ नामक एक कार्यक्रमको आयोजना गर्दै एनपिएलको लोगो अनावरण र मिति घोषणा गरेको हो।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरेका थिए। एनपिएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गते सम्म हुने कार्यक्रममा घोषणा गरिएको थियो।

क्यानका सचिव पारस खड्काले घरेलु ‌क्रिकेटको नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे । उनले एनपिएलले नेपाली क्रिकेटको व्यवसायिकतामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै एनपिएलमा सहभागिताका लागि चासोको देखाउने सबैलाई धन्यवाद दिए ।

उनले भने, ‘नेपालको टि ट्वान्टी विश्वकपको तयारीका कारण एनपिएलको पूर्व निर्धारित समय भन्दा केही ढिला हुन गएको हो ।’

सचिव खड्काले विश्वकपमा आइसिसीको साधारणसभाका सहभागीहरुले विश्वकपमा नेपालको प्रदर्शनको चर्चा गर्दै भविष्य कसरी अघि बढ्छ भनेर चासो राखेको बताए ।

खेलकुद मन्त्री चौधरीले व्यवस्थित क्रिकेट रंगशाला नभएपनि खेलाडीको मेहनत, क्यानको संघर्षले नेपाली क्रिकेटले विश्वमा चिनाएको बताए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एपिएफको आयोजनामा आवश्यक सहयोग गर्न राखेप तयार रहेको बताए । उने भने, विदेशी खेलाडी आउने भएकाले भिसा, वर्क परमिटलगायतका काम गर्नु पर्ने हुन्छ । त्यसका लागि राखेप अलग्गै डेस्क राख्नेछौं।’

क्यानको अध्यक्ष चतुरबहादुर चन्दले हाल नेपाली क्रिकेट टोली हाल भारतीय क्रिकेट बोर्डको‌ सहयोगमा प्रशिक्षणमा रहेको जानकारी दिए। उनले नेपाली क्रिकेट विस्कासका लागि भारतीय विदेश मन्त्री एसजयशंकर र भारतीय दुतावासले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिए।

क्यानले दुई वर्षअघि भारतीय कम्पनीलाई नेपाल टि ट्वान्टी लिग आयोजनाको जिम्मेवारी दिएको थियो। त्यो लिग निकै विवादित बनेपछि क्यानले एनपिएल आफै गर्ने निर्णय लिएको थियो।

प्रधानमन्त्री केपी‌ ओलीले लोगो अनावरण गर्ने भनिए पनि अस्वस्थताका कारण उपस्थित हुन नसकेको कार्यक्रममा जानकारी दिइएको थियो।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.