default_image

1 year ago

August 24, 2024

काभाका विभिन्न प्रतियोगितामा पदक जित्ने खेलाडी पुरस्कृत

2386 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले काभाका विभिन्न प्रतियोगितामा पदक जितेका टोलीलाई शनिवार नगदसहित पुरस्कृत गरेको छ।

गत महिना नेपालले भुटानमा काभा बीच भलिबल च्याम्पियनसिपमा‌ स्वर्ण, रजत, काठमाडौंमा‌ भएको महिला भलिबल नेसन्स लिगमा रजत र माल्दिभ्समा भएको यु २० महिला भलिबल च्याम्पियनसिपमा कास्य पदक जितेको थियो।

काठमाडौंमा  काभा महिला भलिबल नेसन्स लिगको उप विजेता नेपाली महिला भलिबल टोली खेलाडी‌ र मुख्य प्रशिक्षकलाई जनही १ लाख २ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । सहायक प्रशिक्षकलाई‌ ९२ , व्यवस्थापक र फिजियोलाई ८२ हजार रुपैयाँ पुरस्कृत गरिएको हो ।

काभा बिच भलिबल च्याम्पियनसिपमा कमला पुन र मनिषा चौधरीको जोडीले महिलामा स्वर्ण पदक तथा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले पुरुषमा रजत पदक जितेको थियो । संघले स्वर्ण पदक विजेता जोडीलाई जनही ६० र रजत पदक विजेतालाई ३० हजार रुपैयाँबाट पुरस्कृत गर्यो‌ ।

माल्दिभ्समा भएको काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा कास्य पदक जित्ने नेपाली टोलीका‌टो हरेक सदस्यलाई १५ हजार रुपैयाँ प्राप्त गरे।

काभा नेसन्स लिगकै टिकट विक्रीबाट संकलन भएको रकमबाट संघले लाभा नेसन्स लिगको‌ टोलीलाई जनही ५० हजार र अन्य पदक विजेतालाई नगदसहित पुरस्कृत गर्ने संघले निर्णय गरेको थियो ।

पशुपति कोटी होमको आयोजकबाट ५ लाख, भलिबल संघका‌ निर्वतमान अध्यक्ष मनोरञ्जन रमण शर्मा, सल्लाहकार रेशम गुरुङ र अस्ट्रेलिया बस्ने दिपा पुनले समान १ लाख र सदस्य ज्योति केसीले ५० हजार रुपैयाँ नेसन्स लिगको‌ टोलीलाई उपलब्ध गराएको संघले जनाएको‌ छ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, सहाना प्रधान फाउन्डेसनकी‌ अध्यक्ष रामकुमारी झाँक्री, एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतोलगायतले खेलाडीलाई‌ पुरस्कृत गरेका थिए।

काभा महिला भलिबल नेसन्स लिगमा नेपाली टोली 

अरुणा शाही (कप्तान) , सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी ।

मुख्य प्रशिक्षक – जगदिश भट्ट
सहायक प्रशिक्षक – भरत यादव
व्यवस्थापक – निलम बज्राचार्य
फिजियो – लोकेन्द्र कुँवर

काभा महिला भलिबल यु–२० नेपाली टोली

जेनिशा विश्वकर्मा (कप्तान), सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री ।

मुख्य प्रशिक्षक – कुमार राई
सहायक प्रशिक्षक – अर्जुन घिमिरे
टोली व्यवस्थापक – जुनु पुन

काभा बीच भलिबल च्याम्पियनसिप
स्वर्ण पदक विजेता महिला जोडी – कमला पुन, मनिषा चौधरी
रजत पदक विजेता पुरुष जोडी – मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनार
प्रशिक्षक – रुपेश विष्ट

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.