default_image

1 year ago

August 29, 2024

नेपालले वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप खेल्ने

998 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिप र थाई किङ्स कपमा भाग लिने भएको छ।

थाइल्याण्डमा भदौ १६ देखि २३ गतेसम्म दुई च्याम्पियनसिपको‌ आयोजना हुने बताइएको छ। टोली शुक्रवार त्यसतर्फ जाने नेपाल सेपाकताक्रो संघका कोषाध्यक्ष संगिन थापा मगले जानकारी दिए।

रोशन तामाङको‌ कप्तानीमा टोलीमा चन्द्रा चौधरी, सुमित्रा डंगोल, दिपेशजंग थापा, पदमबहादुर ठाडामगर, अलिन जर्गामगर, सुजन थिङ र उमेशबहादुर महतो छन्।

टोलीको प्रशिक्षकमा महेन्द्र राई र श्यामबहादुर श्रेष्ठ तथा व्यवस्थापकमा जीतबहादुर थापामगर छन् । सोम माया थापामगर रेफ्री र नेशिर मास्के आइटिओका‌ रुपमा च्याम्पियनसिपमा सहभागी हुनेछन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले टोलीलाई बिहीवार बिदाइ गरेका थिए।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.